कृष्णमोहन स्मृति ब्याडमिन्टन २७ गतेदेखि

कृष्णमोहन स्मृति ब्याडमिन्टन २७ गतेदेखि


चौथो राष्ट्रब्यापी कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिता फागुन २७ देखि चैत्र २ गतेसम्म संचालन हुने भएको छ । उक्त कुरा आयोजक सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

प्रतियोगितामा कुल १० इभेन्ट समावेस गरिएको छ । जसमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १७ बर्ष मुनी (केटा, केटी) एकल, भेट्रान्स युगल, ४५–५५ वर्ष, मिक्स डबल्स र मास्टर ३५ वर्षमाथि युगल रहेका छन् ।

त्यस्तै नेपाल सरकारको सरकारी सेवामा कार्यरत अवकास प्राप्त (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रा.अ.वि र निजामति सेवाको राजपत्राङ्कीत अधिकृतले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।