फर्किए पाकिस्तानी प्रधानमन्त्री

फर्किए पाकिस्तानी प्रधानमन्त्री


नेपालको दुईदिने औपचारिक भ्रमण गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गगरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई अर्थमन्त्री डा. युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरे । प्रधानमन्त्री अब्बासीको आगमनमा स्वागत पनि अर्थमन्त्री खतिवडाले नै गरेका थिए ।

स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग अब्बासीले शिष्टाचार भेट गर्नाका साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सचिवालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यस्तै, उनले आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता समेत गर्न गरेका थिए ।

भ्रमणका क्रममा उनले आफ्ना नेपाली समकक्षी प्रधामन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।

तस्बिर रासस