पाको काठमाडौं क्योकुशिनमा विशाल सर्वसम्मत

पाको काठमाडौं क्योकुशिनमा विशाल सर्वसम्मत


काठमाडौं जिल्ला पाको नेपाल क्योकुशिन करातेमा विशाल राजभण्डारीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन भएको छ । संघको निर्वाचनमा अध्यक्ष विशाल लगायत सम्पूर्ण कार्य समितिका सदस्य सर्वसम्मत चयन भएका हुन् ।

पाको नेपाल क्योकुशिन कराते (एनकेकेए)संघका अध्यक्ष सन्जु महर्जनको प्रमुख आतिथ्य र काठमाडौं जिल्ला खेलकुद विकास समितिका सदस्य दीपा वनको उपस्थितिमा जिल्ला संघ गठन गरिएको थियो ।

त्यस्तै समितिको उपाध्यक्षमा उपेन्द्रराज खत्री, सचिव अशोक श्रेष्ठ, सहसचिव प्रतिमा कार्की र कोषाध्यक्षमा आर्जु जोशी चयन भएका छन् । सदस्यमा अविना जोशी, रुवि डंगोल, रोमन तिवारी, आकाश श्रेष्ठ र सविन थापामगर पनि सर्वसम्मत चयन भए ।

नयाँ कार्यसमितिलाई संघका अध्यक्ष सन्जु महर्जनले पद तथा गोपनियताको सपथ ग्रहण गराएकि थिइन् । समितिको कार्यकाल ४ वर्षको रहने नवनिर्वाचित अध्यक्ष विशालले जानकारी गराए । नवनिर्वाचित समितिको पहिलो वैठकले छिट्टै राष्ट्रिय स्तरको प्रतियोगिताका गर्ने र विभिन्न विद्यालयमा यो खेल विस्तारको लागि काम गर्ने निर्णय गरेको छ ।

पाको–नेपाल क्योकुसिन कराते संघको आयोजनामा प्रथम जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिता फागुन २५ गते शुक्रबार हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघकि अध्यक्ष एवं व्रान्च चिफ सन्जु महर्जनले जनाएकी छन् ।

करिब १ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ । एकदिने प्रतियोगिताका खेलहरु सिनामंगलस्थित विश्रान्ती पार्टी प्योलसमा हुनेछ ।