नारी दिवसमा वीरगञ्जमा रक्तदान

नारी दिवसमा वीरगञ्जमा रक्तदान


१०८औं अन्तर्राष्ट्रिय नारी दिवस वीरगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नारी दिवसको लागि यो वर्षको नारा ‘आर्थिक सशाक्तिकरण सहितको समाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवन रुपान्तरण’ भन्ने रहेको छ ।

नारी दिवसको अवसरमा विभिन्न सहकारी तथा गैरसरकारी संस्थाले आज वीरगञ्जमा घण्टाघरबाट एक र्यालीको आयोजना गर्यो । र्यालीमा महिला हिंसा रोकथाम तथा महिलाहरुको सम्मानजनक अवस्था सिर्जना हुनुपर्ने भन्दै नारा लगाइएको थियो । र्यालीमा वीरगञ्ज महानगरपालिका नगरप्रमुख विजय सरावगी, उपप्रमुख शान्ति कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, माइतीनेपाल वीरगञ्ज पर्साकी प्रमुख संगीता पुरीसमेत सहभागी थिए ।

यसै अवसरमा महिला पत्रकारहरूद्वारा संचालित मध्यनेपाल संदेश साप्ताहिक र चेली कृषि सहकारी संस्थाले आज संयुक्त रुपमा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ४६ महिलासहित एक सय चौध जनाले रक्तदान गरे भने वडा नं ४ निवासी बिष्णु खडेल र नर्सिङ क्याम्पसकी मुन्ना राणालाई सम्मान समेत गरिएको थियो ।

– प्रणय साह