प्रहरीलाई पछि पार्दै आर्मी सेमीफाइनलमा

प्रहरीलाई पछि पार्दै आर्मी सेमीफाइनलमा


– रेजिना गौतम

विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० गोलको नतिजा निकाल्दै त्रिभूवन आर्मी क्लब झापामा जारी तेस्रो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब पुलिस क्लबमाथि १–० गोलको नतिजा निकाल्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वार्टरफाइनलमा आर्मीले ४२ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णयक बन्न पुग्यो । आर्मीका नवयुग श्रेष्ठलाई डी बक्स एरिया नजिकै पुलिसका खेलाडीले फल गरेपछि पाएको फ्रिकिकमा जर्ज प्रिन्स कार्कीले सुन्दर गोल गरेका थिए ।

त्यसपछि पनि दुवै टिम गोल गर्ने केही अवसरहरु खेर फाले । खेलको दोस्रो हाफमा पुलिसले आर्मीलाई केही दबाबमा राखेपनि गोल गर्न नसक्दा आर्मीले अघिल्लो चरणको यात्राका लागि १ गोल नै पर्याप्त भयो । निर्णय गोल गर्ने जर्ज प्रिन्स कार्की नै खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद २५ हजार प्राप्त गरे ।

प्रतियोगितामा शुक्रबारदेखि सेमीफाइनलका खेलहरु हुँदैछन् । पहिलो सेमीफाइनलमा आयोजक झापा ११ र रुस्लान थ्रि स्टारबीच खेल हुने आयोजकले जनाएको छ ।

यसअघिको क्वाटर फाइनल खेलमा थ्री स्टारले विभागीय टिम एपीएफलाई पराजित गरेको थियो भने झापा–११ ले रुपन्देही ११ र सिक्किम युनाइटेडसंगको प्रतिष्पर्धामा विजेता टिम हो ।