तिलोत्तमा गोल्डकप फुटबल २०औ संस्करणको उदघाटन खेलमा आयोजक ‘रुपन्देही ११’ले विजयी शुरुवात गरेको छ । एन्फा टेक्निकल सेन्टर देवीनगरको मैदानमा भएको खेलमा आयोजकले सुदूरपश्चिम–११ लाई २–० गोल अन्तरले हराएको हो । रुपन्देहीले सातौं मिनेटमा नै निशान लिम्बुको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा पनि उनैले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गराएका थिए ।
शुक्रबार कास्की ११ र फ्रेन्डस् क्लब काठमाडौंबीच खेल हुने आयोजक संस्था रुपन्देही फुलबल संघका अध्यक्ष कुमार केसीले बताएका छन् ।
प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपीएफ क्लब र त्रिभुवन आर्मीसहित १० टिमले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।
विजेताले सात लाख ७७ हजार ७ सय ७७ नगदसहित गोल्ड मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले चार लाख ४४ हजार ४४४ नगद पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिता आगामी चैत ३ गतेसम्म चल्ने छ । आजबाट सुरु भएको तिलोत्तमा गोल्डकपको एमाले नेता छविलाल बिश्वकर्माले उदघाटन गरेका थिए ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया