काठमाडौं कुङफुमा महर्जन

काठमाडौं कुङफुमा महर्जन


कृष्णहरि महर्जनको अध्यक्षतामा ११ सदस्यीय काठमाडौं जिल्ला उमा कुङफु संघ बिहीबार गठन गरिएको छ । नवगठित संघको उपाध्यक्षमा महेश अधिकारी, सचिवमा सञ्जय घले तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् ।

सुकमान लामा, अनुज प्रधान, सावित्री महर्जन, किशोर केसी, अशोक केसी, सूर्य लामा र श्यामकुमार श्रेष्ठ सदस्यमा चयन भए । नेपाल उमा कुङफु संघका केन्द्रीय सचिव सिद्धार्थ लामा, कोषाध्यक्ष कुमार पौडेल र सदस्यद्वय सन्जित राई र भुपेन्द्र गुरुङको उपस्थितिमा जिल्ला कार्यसमिति गठन गरिएको हो ।