चरेस कारोबारी रंगेहात पक्राउ

चरेस कारोबारी रंगेहात पक्राउ


सात नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) बाट खटिएको टोलिले लागू औषध चरेस सहित कारोबारीमा संलग्न एक जनालाइ पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजारमा रहेको बसपार्क नजिकैको होटेलबाट ७ केजी चरेश र सोको कारोबारी बझाङ जिल्ला जयपृथ्वी नगरपालिका ८ बस्ने ४७ बर्षिय पदम बहादुर बोहरालाई आज बिहान करीब साढे ५ बजेतिर पक्राउ गरिएको आरआइटीका प्रमुख केशब जोशीले जानकारी दिए ।

जोशीका अनुसार उनिहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाइएको छ ।