एमाले र माओवादी संसदीय दलको बैठक बस्ने तयारी

एमाले र माओवादी संसदीय दलको बैठक बस्ने तयारी


आज नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक बस्ने भएको छ । बैठक दिउँसो साढे १२ बजे बस्ने बुझिएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले बैठकलाई संयुक्त रुपमा सम्वोधन गर्ने भएका छन् । आज प्रम ओलीले विश्वासको मत लिनको लागि दुबै दलका सांसदलहरुलाई पक्षमा मतदान गर्नका लागि निर्देशन दिन बैठक बस्न लागेको हो ।

प्रम ओलीले आज दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।