फेजर कप भारोत्तोलनमा कमल र सुरेन्द्रलाई काँस्य

फेजर कप भारोत्तोलनमा कमल र सुरेन्द्रलाई काँस्य


इरानको अहभाजमा भइरहेको तेश्रो फेजर कप अन्तर्राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा नेपालले पाँच कांस्य जितेको छ ।

सो च्याम्पियनसिपको पुरुष ७७ केजीतर्फ कमलबहादुर अधिकारीले २ कांस्य जितेका हुन् । कमले क्लिन एन्ड जर्क, स्न्याच र कुलमा कांस्य जितेका हुन् ।

त्यस्तै ८५ केजीतर्फ सुरेन्द्र श्रेष्ठले ३ काँस्य जितेका छन् । सुरेन्द्रले क्लिन एन्ड जर्क, स्न्याच र कुलमा काँस्य हात पारेका हुन् । दुई खेलाडील कुल पाँच काँस्य पदक जितेको नेपाल भारोत्तोलन संघले जनाएको छ ।