पूर्वप्रधानमन्त्री खनालद्वारा विष्ट सम्मानित

पूर्वप्रधानमन्त्री खनालद्वारा विष्ट सम्मानित


बेसिक लर्निङ प्रथम क्यामेलिया अन्तरविद्यालय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बेसिक लर्निङले ५ स्वर्ण र १ रजत जितेर टीम च्याम्पियन बनेको हो ।

नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते संघको तत्वावधानमा कालीमाटीस्थित क्यामेलिया स्कुलद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण र ४ कांस्यसाथ आईजे पायोनियर दोश्रो भयो । तेश्रो स्थानमा रहेको आयोजक क्यामेलियाले ३ स्वर्ण, ७ रजत र ७ कांस्य प्राप्त गरेको थियो ।

प्रतियोगिताको पुरुषमा आईजे पायोनियरका अनिल सुन्दास तथा महिलामा क्यामेलियाकी कृति गौतम उत्कृष्ट खेलाडी चुनिए । विद्या आर्जनले अनुशासित टिमको उपाधि जितेको थियो ।

प्रतियोगिताको पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए । सो अवसरमा पूर्व प्रधानमन्त्री खनाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अन्तराष्ट्रिय निर्णायक प्रकाशमोहन धौभडेल लगायतलाई सम्मान गरेका थिए ।

एकदिने प्रतियोगितमा विभिन्न ६ विद्यालयका २ सय खेलाडीले १७ स्पर्धामा प्रतिस्पर्धा गरेको क्यामेलियाका कराते प्रशिक्षक सञ्जय रन्जितले जानकारी गराएका छन् ।