केआईएफ कुरोदय मार्सल आर्ट्स संघ नेपालको आयोजनामा केआईएफ मार्सल आर्ट्स सेल्फ डिफेन्स तालिम तथा सेमिनार सम्पन्न भएको छ ।
सेमिनारमा ३० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव सुरेन्द्र विष्टले जनाएका छन् । उनीहरुलाई कुरो जुजुत्सो महासंघ युरोपका अध्यक्ष एवं संस्थापक नेडरल्यान्डका कृष्ण गोपालले प्रशिक्षण दिएका थिए ।
४५ दिने सेमिनारमा इन्स्ट्रक्टर लेभल ग्रेडिङ पनि सञ्चालन गरिएको आयोजकले जनाएको छ । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच प्रमाणपत्र गरेका थिए ।
प्रतिक्रिया