इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिपका स्वर्ण विजेता नेपाल आर्मीका गुणराज रुचाललाई ‘फ्रि फिटनेस सेन्टर’ लोकन्थलीले सम्मान गरेको छ ।
सेन्टरको पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गुणराजलाई सम्मान गरिएको हो । मुवाँथाई खेल्नुअघि गुणराजले सितोरियो कराते, आईकिडो र क्योकुसिन कराते पनि खेलेका थिए ।
सो अवसरमा कराते प्रशिक्षकत्रय विनोद राना मगर, बसन्त राई वाइबा र रविनकुमार पोखरेललगायतलाई पनि सम्मानित भएका थिए । मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ र सेन्टरकि निर्देशक समिता खतिवडाले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।
प्रतिक्रिया