आयोजक दिलिप स्मृति प्रतिष्ठानकी रिना लामाले दोश्रो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् । फाइनलमा रिनाले ढल्कोकि सुस्मिता तामाङलाई पराजित गरेकि थिइन् ।
पुरुष ३३ केजीमुनि टोखाका नरेश तामाङ, २८ केजीमुनि चन्द्रागिरीका रोशन तामाङ, ४२ केजीमुनि कपनका कमल राई, ५१ केजीमुनि दिलिप स्मृतिका शिव श्रेष्ठ, ३६ केजीमुनि दिलिप स्मृतिका विशाल लामा, २४ केजीमुनि द च्यालेन्जरका राहुल दास, ३१ केजीमुनि न्यु दीर्घायुका रविन भण्डारी तथा ४५ केजीमुनि जुगलका सकुल दाहालले स्वर्ण जितेका थिए ।
प्रतिक्रिया