हाप्कीडोमा कालीबहादुरको निरन्तरता

हाप्कीडोमा कालीबहादुरको निरन्तरता


काली बहादुर घर्ती मगरको नेतृत्वलाई निरन्तरता दिदै नेपाल मार्शल आट हाप्कीडो संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले नारायण पौडेललाईलाई प्रथम उपाध्यक्ष तथा सुस्मिता गुरुङ र बालन कुमार श्रेष्ठलाई उपाध्यक्षमा चयन गरेको छ ।

यसैगरी कुशल श्रेष्ठ महासचिव तथा हुम प्रसाद खनाल सचिव र इन्द्रबहादुर नेपाली कोषाध्यक्ष चयन भएका छन् । लालन लामा, कृष्ण बहादुर तामाङ, खिम बहादुर घर्ती मगर, अतुल राज पौडेल हरिबहादुर सुनुवार र सरिता पुन सदस्य भएका छन् ।

निर्वाचित संघलाई निर्वाचन अधिकृत चन्द्र राइ र ओम न्यौपानेले प्रमाणपत्र प्रदान गरेका थिए । उक्त साधारणसभाको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुन बहादुर केसीले थिए ।