राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै


आज राष्ट्रिय सभा अध्यक्षका लागि उम्मेदवारी दर्ता हुने भएको छ । अहिले बिहान १० बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समय मिलाइएको छ । उम्मेदवारी दर्ता संसद भवन नयाँ वानेश्वरमा हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।

नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिको आधारमा राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । सोही अनुरुप माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई मतदान गर्नेछ ।

एमालेबाट राष्ट्रियसभाको अध्यक्षका लागि परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना प्रमुख दावेदारको रुपमा रहेको बुझिएको छ । यि मध्ये एमाले नेता तिमिल्सेना प्रदेश ४ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका ब्यक्ति हुन् भने एमालेका पुराना नेता भए पनि अवसर नपाउने व्यक्तिका रुपमा गणेश तिमिल्सेनालाई चिन्ने गरिन्छ । उता, अनेरास्ववियुका पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले पनि राष्ट्रिय सभाको अध्यक्षमा दावेदार छन् ।

संसद सचिवालयका अनुसार उम्मेदवारमाथिको दाबी विरोध पछि आजै दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । संसद सचिवालयका प्रवक्ता गौतमका अनुसार राष्ट्रियसभा अध्यक्षको पनि प्रतिनिधिसभाका सभामुखको जस्तै भूमिका हुने संवैधानिक व्यवस्था रहेको छ ।