गर्भपतन गराएको आरोपमा युवक पक्राउ

गर्भपतन गराएको आरोपमा युवक पक्राउ


सप्तरीको तिरहुत गाउँपालिकी एक गर्भवती महिलालाई लातले हानी गर्भपतन गराएको आरोपमा एक युवक पक्राउ परेका छन् । तिरहुत गाउँपालिका ५ की २५ वर्षीया रीनादेवी सदाको गर्भपतन गराएको आरोपमा प्रहरीले सोही ठाउ बस्ने ३९ वर्षीय रामरुप सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

रामरुप सदाले यही फागुन ११ गते लातले पेटमा प्रहार गरेको र सोकारण आफ्नो गर्भपतन भएको आरोप लगाउँदै पीडित महिलाले फागुन १२ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । पेटमा लातले हिर्काएका कारण फागुन १२ गते बिहान नौ बजे उपचारका लागि धरान गइरहेको अवस्थामा बाटोमा नै गर्भपतन भएको पीडिताको आरोप छ ।

इलाका प्रहरी कार्यालय कञ्चन रुपले फागुन १२ गते नै उजुरी दर्ता गरेकोमा गत शनिबार मात्र अभियुक्तलाई पक्राउ गरेको हो ।