अश्लील भिडियो बनाउँदै युवतीको ब्ल्याकमेलिङ

अश्लील भिडियो बनाउँदै युवतीको ब्ल्याकमेलिङ


भरतपुर चितवनकी एक युवतीको अश्लील भिडियो तयार गरी ब्ल्याकमेलिङ गर्ने कावासोतीका तीर्थ सापकोटा प्रहरी फन्दामा परेका छन् । महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाउने र ब्ल्याकमेल गरी पैसा ठग्ने सापकोटा नवलपुर जिल्ला कावासोती स्थायी घर भए पनि सुविन उपनाम राखेर चितवनको भरतपुर बस्दै आएका युवक भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सापकोटाले भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी ५० हजार ठगेको अनुसन्धानमा खुलेको छ। त्यसपछि विभिन्न नम्बरबाट फोन गरी तीन लाख माग गरेको र सो रकम नदिएमा सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने भनेर ब्ल्याकमेल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पीडितबाट उजुरी परेपछि सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरी अनुसन्धान थालिएको हो ।