‘नेपालकै होची’ प्रमिला सम्मानित

‘नेपालकै होची’ प्रमिला सम्मानित


सिन्धुपाल्चोक जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो सिन्धु १०५ मेगाहर्जको १० औं बार्षिकोत्सवको अवसरमा सम्भवतः नेपालकै होची प्रमिला भट्टराईलाई अभिनन्दन गरिएको छ । इन्द्रावती गाउँपालिका ४ नवलपुरकी २३ वर्षिया भट्टराईको उचाई ८० सेन्टिमिटर मात्रै छ । उनीसँगै रेडियो सिन्धुले जिल्लाकै ज्येष्ठ नागरिक षडानन्द शर्मालाईसमेत अभिनन्दन गरेको थियो ।

प्रमिला ८० सेन्टिमिटर उचाईकी भएपनि आजसम्म कसैले खोजी नगरेपछि वार्षिक उत्सवको अवसरमा सम्मान गरि प्रचारको सुरु गरिएको रेडियोका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए । रेडियोले सम्मान गरेसँगै प्रमिलाका बारेमा जिल्लामा रहेका अन्य निकायले पनि चासो राख्न थालेका छन् । लुकेर रहेको जिल्लाको शानलाई वार्षिक उत्सवको अवसरमा रेडियो सिन्धुले बाहिर ल्याएको भन्दै अतिथिहरुले धन्यवाद ब्यक्त गरेका थिए ।

आजसम्म कसैले खोजि नगरेकी प्रमिलालाई रेडियो सिन्धुको उत्पादन मेरो जीवन कथा कार्यक्रम बनाउने क्रममा फेला पारेको थियो । चौतारा सांगाचोकगढि नगरपालिकाका मेयर अमान सिंह तामाङले लुकेर बसेकी प्रमिला नेपाल मात्रै नभई सिन्धुपाल्चोकको शान भएको बताए ।