आज त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा बिदा

आज त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा बिदा


त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. गोविन्दप्रसाद शर्माको निधनको शोकमा आज विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त सबै कलेजहरुमा बिदा दिइएको छ ।

डा. शर्माको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि बुधबार राति ७५ वर्षको उमेरमा निधन भएको हो । यही शोकको घडीमा आज शुक्रबार सबै त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा विदा दिइएको हो ।

डा. शर्मा २०५९ मा त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएका थिए ।