कर्मचारीलाई तह लगाउन बेसीशहर नगरपालिकामा विद्युतीय हाजिरी

कर्मचारीलाई तह लगाउन बेसीशहर नगरपालिकामा विद्युतीय हाजिरी


बेसीशहर नगपालिकामा विहिबारदेखि विद्युतीय हाजिरी शुरु भएको छ । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले हाजिरी मेसिनको बाकस खोलेर र प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले हाजिर गरेर औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले विद्युतीय हाजिरी जडान गरिएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

दैनिक हाजिरी रजिष्टरमा हाजिर गर्दा कर्मचारी कुनबेला कार्यालयमा आए र गए त्यसको बारेमा सही जानकारी हुन नसक्ने भएकोले विद्युतीय माध्यमबाट हाजिर गर्दा कुन बेला आए र कुन बेला गए भन्ने बारेमा एकिन समय थाहा हुने भएकोले विद्युतीय हाजिरी महत्वपूर्ण मानिन्छ ।

नगरपालिकालाई प्राविधिमैत्री बनाउन र कर्मचारीलाई समयसिमामा रहन विद्युतीय हाजिरीले सहयोग पु¥याउने प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले जानकारी दिए । बेसीशहर नगरपालिकामा ४३ जना कर्मचारी रहेका छन् ।

यसैगरी बेसीशहर नगरपालिकाले नगरभित्रका १६ वटा विद्यालयमा आगामी शैक्षिकशत्रबाट लागु हुनेगरी बैशाख १ गतेबाट विद्युतीय हाजिर शुरु गर्ने भएको छ । नगरपालिकाको ८० प्रतिशत र सम्बन्धित विद्यालयको २० प्रतिशत लगानीमा विद्युतीय हाजिरी मेसिन जडान गर्न लागिएको नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाईले बताए ।