करसंगै सेवाको दायरामा समेत ध्यान दिन अर्थमन्त्री खतिवडाको निर्देशन

करसंगै सेवाको दायरामा समेत ध्यान दिन अर्थमन्त्री खतिवडाको निर्देशन


अर्थमन्त्री युवराज खतिवडाले नगरपालिकाले बढाउन नागरिकमाथि करको दायरामात्र नवढाई आफूले दिने सेवामा समेत ध्यान दिनसके विश्वसनियता बढ्ने बताएका छन् ।

नगरपालिका संघको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले करसंगै सेवाको दायरामा समेत ध्यान दिन आवश्यक रहेको बताएका हुन् । उनले स्थानीय निकायले करको दायरालाई बढाएर कर संकलन गर्न निर्देशन दिए ।

कार्यक्रममा प्रदेश नम्वर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारीतन्त्रले सकेसम्म नगरपालिका प्रमुखहरुलाई कमजोर बनाउने रणनीतिमा रहने गरेको गुनासो गर्दै स्थानीय निकायहरुले करको दायरालाई पहिचान गरेर कर संकलन गर्नसक्नुपर्नेमा जोड दिए ।
नेपालभरका नगरपालिकाहरुको साझा संस्था नगरपालिका संघमा २ सय ९३ नगरपालिकाहरु आवद्ध रहेका छन ।