सामाजिक विकृतिका विरुद्ध प्रहरी अभियान

सामाजिक विकृतिका विरुद्ध प्रहरी अभियान


जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक विकृतिका विरुद्ध विभिन्न अभियान थालेको छ ।

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्लामा सबैभन्दा लागुऔषध दुव्र्यसनको समस्या रहेको बताए । उनले भने, ‘घरेलु हिंसाका कारण लोकल मदिरा भएकाले यसको नियन्त्रणका लागि प्रहरी गस्ती परिचालन गरेका छौँ ।’

साउनयता लागुऔषधका १८ मुद्दा दर्ता भएको र २८ अभियुक्त पक्राउ परेको कार्यालयले जनाएको छ । आठ महिनामा जिल्ला प्रहरी कार्यालयमा पछिल्लो आठ महिनाको अवधिमा विभिन्न प्रकृतिका २६६ मुद्दा दर्ता भएका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षमा १५४ महिला तथा बालबालिका हराएकोमा १०० जनालाई फेला पाएिको छ भने ५४ जना फेला पर्न बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।

यस्तै आठ महिनाका अवधिमा ट्राफिक नियम उल्लंघन गरेकाले आठ हजार ७११ जनालाई कारवाही गरिएको र करीव ५१ लाख ३६ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।