पिउनु पिएपछि पछुतोमा सुपरमोडल

पिउनु पिएपछि पछुतोमा सुपरमोडल


विश्वविख्यात बेलायती सुपरमोडल नाओमी क्याम्पबेल यतिबेला उमेरले चालीस पुगिन् । दुई दशकदेखि लगातार चर्चा र लोकप्रियताको शिखरमा रहेकी क्याम्पबेलले यतिबेला आएर एउटा रहस्य खोल्दै पश्चात्ताप गरेकी छिन् । उनका अनुसार २० वर्षको उमेरदेखि नै उनी मादक पदार्थ तथा कोकिन सेवनको कुलतमा फसेकी थिइन् । यसरी मध्यपान र ड्रग्सको कुलतले गर्दा आफू असल मानिस बन्न नसकेको भन्दै उनले पछुतो गरेकी छिन् । सुरुसुरुमा आफूलाई यस्ता दुर्व्यसनबाट शरीरलाई हानि हुन्छ भन्ने पटक्कै थाहा नभएको बताउने नाओमीले भनेकी छिन्, ‘मोडलिङ क्यारियरको प्रारम्भिक दिनदेखि नै मलाई पार्टीहरूमा जान अत्यन्तै मन लाग्थ्यो र म प्रशस्तै पिउँदथेँ, पछि त कोकिनसमेत सेवन गर्न थालेँ । अहिले त्यसको दुष्प्रभाव शरीरमा परेको अनुभव गर्न थालेकी छु, रक्सी भनेपछि अहिले मलाई रिस उठ्छ र म साँच्चै पछुताएकी छु ।’ आफ्नो चाँडै रिसाउने स्वभावका कारण पटकपटक कानुनी कारबाहीमा समेत परिसकेकी क्याम्पबेल अब सुध्रिन्छिन् कि उनको यो अर्को नौटङ्की हो, चाखपूर्वक हेरिएको छ ।

अपराधभन्दा अनौठो अपराधी
जर्मनीका एक व्यक्तिले आफ्नै सौतेली छोरीसँग लगभग २० वर्षसम्म अवैध यौनसर्म्पर्क राखेर सातवटा सन्तान जन्मायो, उसले आफ्नै छोरीलाई पनि वेश्यावृत्तिमा लाग्न प्रेरित मात्र नगरी बाध्य नै तुल्यायो । तर, जब यस प्रकरणको रहस्योद्घाटन भयो उसले पटक्कै गल्ती स्वीकार गरेन । फलत: सो मामला अदालत पुग्यो । अन्तत: अदालतले फैसाल गरेको छ कि ४८ वर्षीय डेटलेफ एस नामक सो व्यक्तिले उल्लेखित अपराध गरेकै हो र ऊ १५ वर्षसम्मको जेल सजायको भागीदार बन्न पुगेको छ ।
घटनाक्रमअनुसार डेटलेफले आफ्नी कान्छी पत्नीकी एक छोरीलाई घरकै अन्डरग्राउन्ड कोठामा दुई दशकसम्म लुकाएर राख्यो र लगातार यौन शोषण गर्‍यो । ती पीडित छोरीबाट उसका सात सन्तानसमेत जन्मिए । यसरी अत्यन्त निकृष्ट अपराधमा ओर्लिएपछि उसले पूरै विवेक गुमायो र आफैंले जन्माएको छोरीलाई पनि वेश्यावृत्तिमा लगायो । यति गरेर पनि यो कुनै अपराध होइन भनी उसले ठाडो स्वरले दाबी गरेको सर्न्दर्भचाहिँ अस्वाभाविक र आर्श्चर्यलाग्दो विषय बन्न पुग्यो । अदालती कारबाहीका क्रममा उसको डीएनए परीक्षण गरियो र सावित भयो कि सौतेली छोरीबाट जन्मिएका सातै सन्तान उसैको विर्यका उपज हुन् । यति सबै भइसकेपछि ऊ सजाय भोग्न त विवश बनेको छ तर आफू निरपराध रहेको दाबी भने उसले गर्न छोडेको छैन । यो एउटा उदेककै प्रसङ्ग होइन त ?

चौरासी वर्षपछि दोस्रो जुनी
अमेरिकाको फोयनिक्स ? एरिजोना) को मरुस्थलमा हालै एक अनौठो घटना घट्यो । घटनाका ‘नायक’ थिए ८४ वर्षीय हेनरी मोरेल्लो । घटनाक्रमअनुसार जो यतिबेला परलोक भइसकेका हुनुपर्नेमार् इश्वरको अनुकम्पाले सकुशल छन् ।
वृद्ध हेनरी कार ड्राइभ गर्दै एरिजोनाको मरुभूमिको ‘आनन्द’ उठाइरहेका बेला अकस्मात् त्यहाँको एक खाल्डोमा फस्न पुगे । उक्त मरुभूमि अत्यन्त चिसो र सुनसान थियो । हलचल गर्न नमिल्ने गरी कार खाल्डोमा फसेपछि वृद्ध हेनरीले जीवनकै आशा त्यागिसकेका थिए । त्यसरी फसेको समयमा जाडोबाट बच्न उनले कारभित्र ओछ्याइएको गलैंचाको सहारा लिए भने सिसा सफा गर्न राखिएको तरल पदार्थ पिएर प्यास बुझाए । समय काट्न उनले कारको नियम पुस्तिका ? क्याटलग) दोहोर्‍याई-दोहोर्‍याई पढे । यति हुँदाहुँदै पनि ‘सास रहिञ्जेल आश’ भन्ने कथनचाहिँ उनमा लागू भइ नै रह्यो । हुन पनि उनको जीवनावधि सकिएको रहेनछ, एक लावारिस व्यक्ति हल्लिँदै हेनरी फसेको स्थानमा पुगेछ । उनका लागि त्यो अल्लारे त र्’इश्वर’ नै सावित भइदियो, जसको सहाराबाट ८४ वर्षीय हेनरीले पुनर्जीवन पाए ।

बाँदर धपाउन लङ्गुरको नियुक्ति
छिमेकी राष्ट्र भातरको भुवनेश्वर पुरीस्थित भगवान् जगन्नाथ मन्दिर एक प्रसिद्ध तर्ीथस्थल हो । सो मन्दिरमा ‘भगवान् रामका सेना’को विशेषण पाएका बाँदरको हुलले निकै उपद्रव मच्चाउने गरेको छ । प्रदेश सरकारकै लागि टाउकोदुखाइको विषय बनेका ती बाँदर मन्दिरबाट कसरी धपाउने भन्नेबारे चिन्ता गरिरहेको अवस्थामा सन् २०१५ मा सो मन्दिरमा आयोजित हुने ‘नवकालबेरा’ समारोहका कारण सरकार थप गम्भीर बनेको छ । त्यो बेलासम्ममा मन्दिरबाट बाँदरलाई भगाउनकै लागि सरकारले एक गजवको उपाय पत्ता लगाएको छ । जगन्नाथ मन्दिरका मुख्य प्रशासक पी. मोहपात्राले जानकारी गराएअनुसार मन्दिरबाट बाँदर भगाउनका लागि सरकारले दुईवटा लङ्गुरे बाँदरलाई नियुक्त गर्ने भएको छ । हिरा काट्ने हिरैले भनेझैं उपद्र्याहा बाँदरहरूलाई भगाउनका लागि थप उपद्र्याहा लङ्गुरलाई मन्दिरमा भर्ती गर्ने सम्बन्धित प्रदेश सरकारको उपाय कति फलदायी हुने हो आफ्नै ठाउँमा होला, तर यो उपाय रोचक छैन त ? -नविन उप्रेती