‘बडी बिल्डिङ’मा शिव लामिछाने निर्विरोध

‘बडी बिल्डिङ’मा शिव लामिछाने निर्विरोध


हिमालय किङडम नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेसको अध्यक्षमा शिव लामिछाने विक निर्विरोध निर्वाचित भएका छन् । संघको पहिलो साधारणसभाले विकको अध्यक्षतामा २६ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा जीवन मानन्धर, हरिकृष्ण डंगोल, दिनेश अमात्य, रविन्द्र श्रेष्ठ, नुना गुरुङ र रनबहादुर थेबे, महासचिवमा अजय वज्राचार्य, सचिवमा रुपेन्द्र गुरुङ र राजेन्द्ररत्न तुलाधर तथा कोषाध्यक्षमा पवन डंगोल रहेका छन् ।

नरेशकुमार मल्ल, राजेशरत्न महर्जन, रणुका श्रेष्ठ, केशव नागा, पदमलाल सिलाकार, किरणदास गौतम, रत्नलाल मानन्धर, सम्राट सापकोटा, रमेश श्रेष्ठ, दिपेन चौधरी, विक्रम लिम्बू, उमा बानियाँ, सुस्मा राई, भारती घले र रश्ना शाही सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र वितरण गरे भने प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराए थिए ।

साधारणसभाले संघको नामबाट हिमालय किङडम हटाइ नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेस मात्र राख्ने निर्णय गरेको छ ।