भागवतलाई ५० हजार आर्थिक सहयोग

भागवतलाई ५० हजार आर्थिक सहयोग


कुङफु खेलाडी भागवत बुढाथोकीलाई नेपाल कुङफु संघले उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कुङफु संघका अध्यक्ष सीताराम हुमागाईंले भागवत उपचाररत अस्पताल सुष्मा कोइराला मेमोरियल अस्पताल, साँखुमा भेटी उनको परिवारलाई ५० हजार नगद प्रदान गरेका हुन् । दुर्घटनामा परेका भागवत हाल स्पाइनल कोर्डको उपचार गराइ रहेका छन् ।

अध्यक्ष हुमागाईंले भागवतको आर्थिक अवस्था कमजोर भएकाले सानो सहयोग स्वरुप रकम प्रदान गरिएको बताउदै अन्य इच्छुकलाई पनि सहयोगका लागि आग्रह गरे । अध्यक्ष हुमागाईंले भागवतलाई सहयोग गर्न चाहनेले नेपाल बंगलादेश बैंकमा सारदा बुढाथोकीको नाममा रहेको खाता नं. ०३३००५४४२ डब्लुमा रकम जम्मा गर्न सक्ने जानकारी गराएका थिए ।