बिपस्यना ध्यान केन्द्रको अध्यक्षमा भिक्षु प्रज्ञारत्न

बिपस्यना ध्यान केन्द्रको अध्यक्षमा भिक्षु प्रज्ञारत्न


सप्तरीको अग्निसाइर बौद्ध बिपस्यना ध्यान केन्द्रको अध्यक्षमा भिक्षु प्रज्ञारत्न चयन भएका छन् । अग्निसाइर कृष्णा सवरन गाउपालिकास्थित अग्निसाइर मन्दिरमा आइतरबार सम्पन्न बृहत भेलाले भिक्षु प्रज्ञारत्नको नेतृत्वमा १७ सदस्य समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा माहाबीर प्रसाद चौधरी, महिला उपाध्यक्षमा कल्पना चौधरी, सचिवमा शंकर चौधरी, सहसचिवमा मञ्जु कुमारी चौधरी, कोषध्यक्षमा रामानन्द लेखी र सहकोषाध्यक्षमा निर्मलादेवी चौधरीलाई सर्वसम्मत चयन गरिएको छ ।

यसैगरी समितिमा धर्मोदयसभा सप्तरीका अध्यक्ष महेशकुमार चौधरीलाई (पदेन सदस्य) र सदस्यहरुमा हंसावती देवी चौधरी, विमला तामाङ, रामदेव चौधरी, हरिप्रसाद चौधरी, सहबीर चौधरी, सोमबहादुर तामाङ, कुशेश्वर प्रसाद चौधरी, रामकुमार चौधरी र भवानी प्रसाद चौधरी छानिएका छन् ।

अग्निसाइर बौद्ध बिपस्यना ध्यान केन्द्र तदर्थ समितिका अध्यक्ष माहाबीर प्रसाद चौधरीको अध्यक्षता तथा अग्निसाइर कृष्णा सवरन गाउँपालिकाका अध्यक्ष प्रर्शुराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न बृहत भेलामा वडा नम्बर ५ का वडा अध्यक्ष श्रीप्रसाद यादव, विभिन्न जातिय संगठनका प्रतिनिधि लगायत बौद्ध धर्मलम्बीहरुको उपस्थिति रहेको थियो ।

भेलाले ध्यानकेन्द्र भवन निर्माण गर्ने, ब्यापक प्रचार—प्रसार गरी अग्निसाइर मन्दिरको संरक्षण, सम्बद्र्धन र धार्मिक प्रर्यटन स्थलको रुपमा विकास गर्ने, बुद्धको देश शान्तिको बाटो रगतले नभिजाउ देशको माटोसहितको मुल उदेश्य राखी बलीप्रथाको अन्त्य गर्ने लगायतका अग्निसाइर घोषणा—पत्र समेत जारी गरेको छ ।