सनराइजका कर्मचारी र ‘स्ट्रिट चिल्ड्रेन’बीच फुटबल

सनराइजका कर्मचारी र ‘स्ट्रिट चिल्ड्रेन’बीच फुटबल


आगामी मे १०, २०१८ मा रसियाको मस्कोमा अठार वर्षमुनिका फुटबल खेलाडीहरू बीच आयोजना हुन गइरहेको सडक बालबालिकाहरुको Street Children World Cup, 2018 मा नेपाल २२ वटा देशमध्य छनोटमा पर्न सफल भएको थियो । यिनै नेपालको प्रतिनिधि गर्ने ‘टिम नेपालका’ प्रतियोगीहरुको हौसला बढाउन सनराइज बैंकले बैंकका कर्मचारीहरु र टिम नेपालका प्रतियोगीहरुबीच मैत्रीपूर्ण खेल आयोजना गरेको छ । ललितपुर सातदोबाटोस्थित एन्फाको खेल मैदानमा शनिबार खेल आयोजना गरिउको हो ।

उल्लेखित सडक बालबालिकाहरुलाई उचित तालिम र अन्य सहयोग सेल्टर आश्रय नेपाल नामक गैरसरकारी संस्थाले पुर्याउँदै आएको छ । उक्त मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधि गर्ने टिम नेपाल ६–० को अन्तरले बिजयी भयो । कार्यक्रममा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव, कर्मचारीहरु लगायत सेल्टर (आश्रय नेपाल)का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।