एसियाली खेलकुदको तयारी गर्न बैशाखदेखि बन्द–प्रशिक्षण

एसियाली खेलकुदको तयारी गर्न बैशाखदेखि बन्द–प्रशिक्षण


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले इन्डोनेसियमा हुने आसन्न १८ औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको विशेष बन्दप्रशिक्षण आगामी वैशाखदेखि सुरु हुने बताएका छन् ।

राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको आयोजनामा सातदोबाटोमा सुरु एनएससी हाइ लेभल स्पोर्ट्स साइन्स एन्ड प्लानिङ सेमिनारको उदघाटन गर्दै सदस्यसचिव विष्टले भने– ‘अहिले सञ्चालन भइरहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण चैतसम्म चल्नेछ । त्यसपछि एसियाली खेलकुदलाई मध्यनजर गरी बैशाखदेखि विशेष बन्द प्रशिक्षण सुरु गर्ने छौं ।’

सदस्य–सचिव विष्टले वैज्ञानिक पद्धतिबाट खेलाडीलाई प्रशिक्षण गराउने विधिबारे जानकारी दिने उद्देश्यले प्रशिक्षकका लागि सेमिनार सञ्चालन गरिएको बताए ।

राष्ट्रिय टिममा रहेका विभिनन १५ खेलका प्रशिक्षकलाई समावेश गरी सेमिनार सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले जानकारी गराए । सेमिनारलाई दुई चरणमा विजभाजन गरी सञ्चालन गरिएको छ ।

पहिलो चरणमा मार्सल आर्ट बाहेकका खेल स्क्वास, आर्चरी, भारोत्तोलन, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, पौडी र ब्याडमिन्टनका ३१ प्रशिक्षक सहभागी छन् । पहिलो चरण चैत ८ गतेसम्म चल्नेछ । दोश्रो चरणको सेमिनार चैत १२ देखि १६ गतेसम्म सञ्चलन हुनेछ । त्यसमा तेक्वान्दो, कराते, जुडो, कुस्ती, बक्सिङ र उसुका ३७ प्रशिक्षक सहभागी हुनेछन् । सेमिनारका कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणा र डा. ज्ञानेन्द्र शाहले सेमिनार सञ्चालन गर्नेछन् ।