मल्पीले प्रथम जेभियर इन्टरनेसनल अन्तर ए लेभल ३ बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
जेभियर इन्टरनेसनल कलेजको आयोजनामा बौद्धमा भएको फाइनलमा जेभियरले ब्रिटिस मोडेल कलेजलाई २०–१६ ले पराजित गरेको हो । मल्पीको जितमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १२ अंक योगदान गरेका थिए । प्रसङ्ग ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए ।
विजेतालाई आयोजक कलेजका निर्देशक गोपाल भण्डारी, जेभियर ए लेभलका भाइस प्रिन्सिपल सुरेन्द्र अधिकारी र जेभियरका बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ७ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया