स्पोर्ट्स साइन्स ल्याब सञ्चालनमा

स्पोर्ट्स साइन्स ल्याब सञ्चालनमा


राष्ट्रिय खेलकुद परिषद्ले पहिलो पटक स्पोर्ट्स साइन्स ल्याब सञ्चालनमा ल्याएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले चैत्र ४ गते ल्याबको उदघाट्न गरेका हुन् ।

खेलाडीको धैर्यता, गति र तागत बढाउनुका साथै खेलाडीको फिटनेस स्तरलाई अभिवृद्धि गर्ने उद्देश्यले ल्याब सञ्चालनमा ल्याइएको राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेतीले जानकारी गराए ।

उनले आगामी दिन ल्याबलाई अझ आधुनिकरण गर्दै विस्तार गर्ने योजना रहेको बताउदै तत्काललाई राष्ट्रिय टिममा रहेका १५ खेलका खेलाडीले ल्याबको सुविधा उपयोग गर्न पाउने जानकारी दिए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको ल्याब करिब २५ लाखको लागतमा सञ्चालनमा ल्याइएको हो ।