आईकिडोको तालिम तथा गोष्ठी सम्पन्न

आईकिडोको तालिम तथा गोष्ठी सम्पन्न


आईकिडो आईकीकाई खेललाई थप व्यवस्थित र प्रभावकारी बनाउन दुई दिने अन्तराष्ट्रिय तालिम तथा गोष्ठि सम्पन्न भएको छ । आईकिडो आईकीकाई जापानको प्रधान कार्यालयका वरिष्ठ प्रशिक्षक कोतो इतो (६ डान) तालिम सञ्चालन गरेको सहायक प्रशिक्षक बिनय श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त गोष्ठिमा अष्ट्रेलिया, दुबई, भारत, सिंगापुर, जर्मन र नेपाली खेलाडीहरुको सहभागिता रहेको थियो । यस खेललाई थप उचाईमा पु¥याउन निकट भविष्यमा हुने तालिम तथा गोष्ठीमा भाग लिएर आफ्नो कलालाई अझै उचाईमा पु¥याउन सहभागीहरुले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।