सचिनले गिफ्ट दिए १ करोड भारुको बिएमडब्लु कार

सचिनले गिफ्ट दिए १ करोड भारुको बिएमडब्लु कार


क्रिकेटका भगवान तथा भारतीय क्रिकेटका लिटिल मास्टर सचिन तेन्डुलकरले १ करोड १६ लाख भारतीय रुपैयाँको बीएमडब्लु–७ कार गिफ्ट दिएका छन् । सचिनले उक्त बीएमडब्लु कार चर्चित क्रिकेटर वीरेन्द्र सहवागलाई गिफ्ट दिएका हुन् । बिएमडब्लु सचिनको सवैभन्दा मनपर्ने कार हो ।

सचिनबाट बीएमडब्लु–७ कार गिफ्टमा पाएपछि सहवाग दङ्ग परेका छन् । उनले यसको लागि सचिनलाई धन्यवाद दिँदै गरिवीको दिनमा आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया दिए ।

सहवागले ‘शुक्रिया पाजी’ भन्दै सचिनलाई सामाजिक सञ्जालमा ट्वीट गरेका छन् । जवाफमा सचिनले ‘गिफ्ट कस्तो लाग्यो ?’ भनेर सोधेका छन् । साथै सचिनले आफ्नो प्रिय बस्तु आफुलाई प्रिय लाग्ने व्यक्तिलाई गिफ्ट गरेको खुलासा पनि गरेका छन् ।

भारतीय राष्ट्रिय टीमबाट खेल्दा सचिन र सेहवाग ओपनिङ गर्दथे । विश्व क्रिकेटमा दुवै विस्फोटक ब्याट्म्यानको रूपमा चिनिन्छन् । सचिन र सहवागले भारतको लागि धेरै यादगार पारी खेलेर भारतलाई विजय दिलाएका छन् । सहवाग सचिनलाई आफ्नो प्रेरणा आदर्श मान्दछन् ।

सन् २०११ मा सचिन र सहवागको जोडीले विश्वकप क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शन अविष्मणीय मानिन्छ । यी दुवै खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण भारतले दोश्रो पटक विश्वकप क्रिकेटको उपाधिमाथि कब्जा जमाएको थियो । भारत विश्व च्याम्पियन भएपछि सचिनले यो जितको असली हकदार वीरेन्द्र सहवाग भएको बताएका थिए ।