ल्याण्डमार्क करणी काण्डका शैलेश प्रहरी नियन्त्रणमा

ल्याण्डमार्क करणी काण्डका शैलेश प्रहरी नियन्त्रणमा


दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको कथित बलात्कार काण्डमा संलग्न रहेको आरोप लागेका शैलेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । चार युवकले एक युवतीलाई उक्त होटलमा जबर्जस्ती करणी गरी फरार रहेकामा प्रहरीले दरबारमार्गबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले मंगलबार जनाएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले विशेष सूचनाको आधारमा खोजतलास गरी पक्राउ परेका निज कार्की रामेछाप दूरागाउँ–३ स्थायी घर भई काठमाडौँ धुम्बाराही बस्दै आएका थिए ।

यसैगरी बाघको छाला र बरुवा बन्दुक सहित कास्की प्रहरीले दुई ब्यक्तिलाई पक्राउ गरेको छ । कास्की माछापुच्छ्रे गाउँपालिका२ च्याङलुङ बस्ने बर्ष ४० का गमबहादुर गुरुङको घरमा अवैध रुपमा हातहतियार तथा चितुवाको छाला लुकाइछिपाइ राखेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहको मौखिक आदेशानुसार प्रहरी चौकी सार्दीखोला कास्कीबाट खटिएको प्रहरी टोलीले शंकाष्पद व्यक्तिको घरबाट बन्दुक एक थान, उक्त बन्दुकमा लाग्ने छर्रा र खाली खोका थान २७ सहित निजलाई समेत नियन्त्रणमा लिएको हो ।

अभियुक्तलाई कार्यालयमा लगी थप अनुसन्धान तथा सोधपुछ गर्दा सोही स्थान बस्ने वर्ष ३१ का चन्द्रबहादुर पौडेलले चितुवा मारी त्यसको छाला राख्न दिएको भन्ने अनुसन्धानपश्चात खुल्न आएकोले पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।