बेलायतमा कवि पराजुलीको सम्मान तथा विदार्इ

बेलायतमा कवि पराजुलीको सम्मान तथा विदार्इ


लण्डन । लण्डनको वेम्बलीस्थित एक कम्युनिटी भवनमा विशेष कार्यक्रम आयोजना गरी नेपलिज ब्रिटिश कम्युनिष्ट यूके (एनबीसी यूके)ले युवा कवि नवराज पराजुलीलाई सम्मानसहित बिदाइ गरेको छ। तीन साताअगाडि बेलायतमा पहिलोपटक आयोजना गरिएको कविता कन्सर्टमा आफ्ना प्रभावशाली कविताहरुको वाचननार्थ आएका कवि पराजुलीलार्इ सो कविता कन्सर्टका आयोजकले गत म‌ंगलबार विशेष रुपमा सम्मान गरी विदाइ गरेका हुन् ।

उक्त कार्यक्रममा कवि पराजुलीले आफ्नो बेलायत भ्रमणको अनुभव निकै महत्वपूर्ण रहेको भनेर कार्यक्रमका आयोजकहरुप्रति गहिरो कृतज्ञता प्रकट गरे। पहिलोपटक नेपाललगायत नेपाली डायस्पोरामा समेत पहिलोपटक भएको कविता कन्सर्ट जसमा पैसा संकलन गरेर द्वन्द्वपीडित बालबालिकाहरुका उज्ज्वल भविष्यको लागि सहयोग गरिएको थियो । उक्त सहयोगार्थ आयोजित कविता कन्सर्टमा सहभागी हुन पाएकोमा आफू गौरवान्वित भएको युवा कवि नवराज पराजुली मंगलबारको विदार्इ कार्यक्रममा बताएका थिए।

नेपाली मोफसलमा नै पहिलो पटक भएको कविता वाचनमा च्यारिटि निकै उल्लेखनीय कार्यक्रम रहेको सो कार्यक्रमका संयोजक रामशरण सिंखडाले ठूलो चुनौतिका माझ सो कार्यक्रम सफल बनाएको स्मरण उक्त विदाइ कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा गरेका थिए । ‍‍‍‌‌सिंखडाले अगाडि भनेका थिए ।

सुरुमा जब कविता कन्सर्ट गरेर च्यारिटिका लागि कोष उठाउने योजनाबारे सोच्यौँ, हामीहरु आफैलाई पत्यार लागेको थिएन, तर सबैको मेहनत र टिम वर्कले आज त्यो चुनौतिपूर्ण कार्यक्रम पनि सफल पारिएछ कि भनेर सन्तोष लागेको छ ।

सो कार्यक्रममा बोल्ने क्रममा अर्का वक्ता एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले तीन साताअगाडिको उक्त ऐतिहासिक कन्सर्टबाट गैरआवासीय नेपाली भाषा, साहित्यको प्रबर्धनको लागि महत्वपूर्ण योगदान भएको उल्लेख गरेका थिए । बेलायतमा अत्यधिक चर्चा पाउन सक्षम सो कविता कन्सर्टले नेपाल तथा मोफसलका नेपाली साहित्यकारहरुमा एक नयाँ उर्जा प्रदान गरेको बताइएको छ । यूट्युव तथा इन्टरनेटको माध्यमले अहिले नेपाली कविता तथा कविहरु पनि स‌सारभरि छरिएर रहेका नेपालीहरुबीच आम बन्न थाल्ने चलनको अब शुरुवात भएको पनि सर्वत्र चर्चा चलेको छ ।

मंगलबार भएको सम्मान तथा विदाइ कार्यक्रमको सोही अवसरमा आयोजकका तर्फबाट युवाकवि पराजुलीलाई सम्मानपत्र र खादाले सम्मान गरिएको थियो ।

– प्रकाश केसी, (तस्बिर : नरेन्द्र बस्नेत)