नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग क्लब दिल्ली डेयरडेभिल्सले १ नम्बर जर्सीमा मैदान उतार्ने भएको छ । विश्वकै चर्चित र प्रतिष्ठित आइपिएलमा अक्सनबाट छनोटमा परेका खेलाडी लामिछानेलाई एक विशेष कार्यक्रम गरी क्लबले जर्सी प्रदान गरिएको हो ।
कार्यक्रममा क्लबका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशरबहादुर विष्टले जर्सी हस्तान्तरण गरे । बताइएअनुसार दिल्लीले नै सन्दीपलाई जर्सी रोज्न अवसर दिएको थियो । उनले शुरुमा २५ नम्बरको जर्सी रोजे पनि सो जर्सी अर्को खेलाडीले लिइसकेकाले १ नम्बरको जर्सी लिएका हुन् ।
सन्दीपले गौतम गम्भीरको टिमबाट आइपिएल खेल्न उत्साहित रहेको र प्लेइङ–११ मा स्थान बनाउनेमा विश्वास व्यक्त गरे । सो अवसरमा दिल्ली सिइओ दुवाले सन्दिपलाई १ वर्षदेखि नै पछ्याउँदै आएको खुलासा गरे । सन्दिपको प्रतिभा हेरेर नै उनलाई छनोट गरेको र अक्सनमा छनोट गर्नुअघि नै दिल्लीमा सन्दिपको ट्रायलसमेत लिएको उनले बताए ।
प्रतिक्रिया