सनराइज बैंक र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाइल भुक्तानीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सनराइज बैंककातर्फ बाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदिले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार सनराइज बैंकका ग्राहकले बैंकको मोबाईल बैकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र सोमार्फत विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नु हुनेछ । २६ जनवरी २०१७ बाट नेपाली बजारमा आरम्भ भएको ‘खल्ती’, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो । ‘खल्ती’ एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ । हाल ‘खल्ती’ प्रयोगकर्ताहरुको संख्या ७ लाख भन्दा बढि रहेको दाबी गरिएको छ ।
सनराइज बैंकको मोबाईल बैंकिङ एप www.sunrisebank.com.np/mobileapp बाट सो डाउनलोड गर्न सकिने जानकारी पनि दिइएको छ ।
प्रतिक्रिया