नेपाल माचुसिमा क्योकुसिन कराते संघले आठ खेलाडीलाई ब्ल्याकवेल्ट (पहिलो डान) को पेटी र प्रमाणपत्र प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय क्योकुसिन काइकान कराते अर्गनाइजेसन (आईकेओ) जापानबाट प्राप्त पेटी र प्रमाण पत्र खेलाडीलाई हस्तान्तरण गरिएको हो । पेटी र प्रमाण पत्र पाउने खेलाडीमा मोहन गुरुङ, सुरेश बल, सुजन गोले, रोहित तामाङ, नारायणलाल मोक्तान, सगुन सन्जेल, अभिषेक विष्ट र निरज भट्ट रहेका छन् ।
संघका वरिष्ठ सल्लाहकार समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका सदस्य प्रकाशसिंह कार्की, संघका विशेष सल्लाहकार एवं पुष्पसदनका प्रिन्सिपल महेश श्रेष्ठ, संघका अध्यक्ष एवं व्रान्च चिफ राजकुमार गुरुङले कीर्तिपुरस्थित पुष्पसदन स्कुलमा आयोजित एक कार्यक्रमबीच पेटी र प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।
खेलाडीहरुको तीन महिनाअघि ग्रेडिङ भएको थियो । ब्रान्च चिफ गुरुङ र प्रशिक्षक सन्तोष बुढाथोकीले ग्रेडिङ सञ्चालन गरेका थिए ।
प्रतिक्रिया