हल्लाको बजार भनेर चिनिने शेयर बजार अप्रत्यासित रूपले ओह्रालो लागेको छ । ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाको एक अभिव्यक्तिपछि थप ओह्रालो लागेको शेयर मार्केटले ओर्लिने उपक्रमलाई जारी नै राखेको छ, जसबाट शेयर खेलाडीहरूमा हाहाकार मच्चिएको छ । अर्थमन्त्री खतिवडाले ‘कृत्रिम या अनुचित किसिमबाट बढाइएको शेयर मार्केट घट्नु र बढ्नुसँग मुलुकको अर्थतन्त्रलाई सरोकार नरहेको’ अभिव्यक्ति दिएका थिए । यस्तै अभिव्यक्ति उनले पुनः दोहोऱ्याएका छन् । यसबाट नेप्सेमा कहालीलाग्दो गिराओट आएको छ भने यही गतिले मार्केट घट्दै जाने हो भने नयाँ इतिहास नै रचिने सम्भावना बढेको छ ।
आजको शेयर मार्केटमा नेप्से ५१.८९ अंकले घटेर ११६८.५५ अंकमा आउँदा ४.२५ प्रतिशतले गिरावट भई आजको कारोबार बन्द भएको छ । आजको कारोबारमा पटक–पटक सर्किट ब्रेक लागेको थियो । यही रेसियोले शेयर ओह्रालो लाग्ने हो भने चैत महिनाभित्रैमा नेप्से सात सयको हाराहारीमा आउने भयो भन्दै शेयर मार्केटमा खैलाबैला मच्चिएको छ । अर्थमन्त्रीको अभिव्यक्तिविरुद्ध शेयर व्यवसायीहरूले आन्दोलनमा उत्रिने मानसिकता बनाएका छन् ।
प्रतिक्रिया