स्नोबोर्ड टोली भारत जाने

स्नोबोर्ड टोली भारत जाने


अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली चैत्र १३ गते मंगलबार भारतको हिमाञ्चल प्रदेश जाने भएको छ ।

महानजंग पाण्डे र रञ्जन केसीले मार्च ३१ देखि अप्रिल १ तारिखसम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा उत्सव पाठक र सुरज काफ्ले रहेका छन् ।

टोलीलाई नेपाल स्कि संघका अध्यक्ष समेत रहेका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।