अमेरिकाको पोर्टल्यान्डस्थित तेक्वान्दो संस्था आईओएफटीसीले राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाललाई सम्मान गरेको छ ।
सातदोबाटोस्थित मैत्री तेक्वान्दो डोजाङको २५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दाहालसहित नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तेक्वान्दो प्रशिक्षक, निर्णायक, सुनसरीको इटहरीमा गत पुसमा भएको १२ औं अन्तर्रा्ष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका पदक विजेतालगायतलाई पनि सम्मान गरेको थियो ।
सो अवसरमा विभिन्न डोजाङलाई खेल सामाग्री वितरण गरिएको थियो । प्रदेश मन्त्री केशव स्थापित, आईओएफटीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनलगायतले सम्मान गर्नुका साथै खेल सामाग्री वितरण गरेका थिए ।
प्रतिक्रिया