खेलकुद मन्त्रीद्वारा मुलपानी क्रिकेट मैदानको निरीक्षण

खेलकुद मन्त्रीद्वारा मुलपानी क्रिकेट मैदानको निरीक्षण


नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले निर्माणाधीन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले जग्गासम्बन्धी समस्याले अवरुद्ध भएको निर्माण कार्य चाँडै सुरु हुने बताउँदै जग्गासम्बन्धी समस्या १ महिनाभित्र हल गर्ने बताए । उनले सो कार्यका लागि अहिले विनियोजन भएको १० करोडबाट अवरुद्ध भएको निर्माण कार्य सुचारु गर्दै सकरात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता जनाए ।

निरीक्षणका अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाललगायतले मन्त्री विश्वकर्मालाई मैदान र निर्माण कार्यलगायतका बारेमा जानकारी गराए थिए । सो अवसरमा राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।