एभरेष्ट युएई मार्सल आर्ट क्लब द्वारा एशियन पुलिस स्पोर्टस एसोसियसनको बैठकमा सहभागि हुन गएका नेपाल भलिबल संघका केन्द्रीय सद्स्य तथा नेपाल भलिबल टिमका पूर्व राष्ट्रिय क्याप्टेन भरत वहादुर शाह सम्मानित भएका छन् । शाहलाई एभेरेष्ट युएई मार्सलआर्ट क्लबले सम्मानित गरेको हो ।
सो सम्मान समारोह सभापतित्व पूर्व भलिबल खेलाडी तथा एभेरेष्ट युएई मार्सलआर्ट क्लबका उपाध्यक्ष कुण्डल बहादुर सिंहले गरेका थिए । सो समारोहमा विभिन्नका संस्थाका प्रतिनिधि परशुराम घिमिरे, मनोज गोर्खाली, मदन अधिकारी, देव कुवर, प्रेमी लोकेन्द्र वम, सुर्य गिरी, सकिल अलि हिरालाल श्रेष्ठ, सि एन ठकुरी, राजीब श्रेष्ठ, अनिल श्रेष्ठ, र बिशाल पुन मगर रबि शाही उपस्थिति रहेको थियो ।
प्रतिक्रिया