वरिष्ठ प्रशिक्षकद्वारा डेढ लाखको खेलकुद सामग्री प्रदान

वरिष्ठ प्रशिक्षकद्वारा डेढ लाखको खेलकुद सामग्री प्रदान


राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक तथा राष्ट्रिय तेक्वान्दो संघका उपाध्यक्ष ध्रुवबहादुर गुरुङले तेक्वान्दो खेलाडीको प्रशिक्षणको लागि डमी किक ब्याक प्रदान गरेका छन् । गुरुङले करिव १ लाख ५० हजार पर्ने तीनवटा डमी कीक ब्याक राष्ट्रिय तेक्वान्दो संघलाई प्रदान गरेका हुन् ।

सन २०१८ को अन्त्यतिर इण्डोनेसियामा आयोजना हुन गैरहेको एसियाली खेलकुद प्रतियोगिता र नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय तेक्वान्दोका खेलाडीहरुको प्रशिक्षणको लागि गुरुङ उक्त खेल सामग्री प्रदान गरेका हुन् ।

राष्ट्रिय तेक्वान्दो खेलाडीहरुलाई प्रशिक्षणको लागि खेल सामग्रीको अभाव देखिएपछि गुरुङले उक्त सामग्री प्रदान गरेका हुन् । खेल सामग्री वितरणसंगै गुरुङले आफुले खेलाडीहरुको स्तरन्नोतीको लागि केहि सहयोग गर्न पाएको खुशी प्रकट गरेका थिए ।

आफुले तेक्वान्दोमै जीवन विताएको र अहिले पनि तेक्वान्दोको विकास र विस्तारमा लागेको बताउँदै यो मेरो सानो सहयोग तेक्वान्दोप्रतिको माया भएको वताएका थिए । साथै उनले यो शुरुवात हो भन्दै भविष्यमा अरु पनि खेलकुद सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले सहयोगको लागि धन्यवाद दिएका थिए । गुरुको या सहयोगले खेलाडीहरुमा आत्मविश्वास पलाएको र प्रशिक्षणको नौंलो बाताबरण बनेको वताएका थिए । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघका पदाधिकारी, प्रशिक्षक र खेलाडीहरुको उपस्थिति रहेको थियो ।