सोतोकान टोली जापान जाने

सोतोकान टोली जापान जाने


सोतोकान कराते अन्तर्राष्ट्रिय महासंघ (एसकेआईएफ), जापानको आयोजनामा हुने पाँचौं अन्तराष्ट्रिय कराते टेक्निकल सेमिनारमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली चैत्र १४ गते बुधवार जापानको टोकियो प्रस्थान गरेको छ ।

मार्च ३० देखि अप्रिल १ तारिखसम्म हुने सेमिनारमा नेपाल सोतोकान कराते डो संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, वरिष्ठ प्रशिक्षक एवं संघका महासचिव दिलेन्द्रगोविन्द वैद्य, वरिष्ठ प्रशिक्षक एवं संघका सचिव ओमनारायण श्रेष्ठ, प्रशिक्षक एवं संघका सदस्य दिनेश वज्राचार्य र प्रशिक्षक एवं संघका सदस्य चन्द्रमान लामा तामाङ सहभागी हुने छन् ।

सेमिनारकै दौरान हुने अन्तर्राष्ट्रिय महासंघको ४० औं वार्षिकोत्सवमा पनि नेपाली टोली सहभागी हुने छन् । टोलीलाई नेपाल कराते महासंघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य दावा गुरुङले बिदाइ गरे ।