केपटाउनमा भएको टेष्ट क्रिकेटमा बल टेम्पोरिङ गरेको आरोपमा क्रिकेट अष्ट्रेलिया (सीए)ले आफ्ना तीनजना खेलाडीलाई प्रतिबन्ध लगाएको छ । जसमा कप्तान स्टीव स्मिथ, डेविट वार्नर र केमरन बेनक्राफ्ट रहेका छन् ।
अष्टे«लियन क्रिकेटले कप्तान स्टीव र वार्नरलाई एक एक वर्षको र बेनक्राप्टलाई नौ महिनाको प्रतिबन्ध लगाएको हो । केपटाउन टेष्टका मुख्य आरोपी बेनक्राप्टले बल टेम्पोरिङ गरेपनि उनलाई नौ महिनाको मात्र प्रतिबन्ध लागेको छ । तर प्रशिक्षक डेरेन लेहम्यानले भने यो मुद्दामा क्लीन चीट पाएका छन् ।
क्रिकेटको १ सय ४१ वर्षको इतिहासमा पहिलोपटक बल टेम्पोरिङ गर्ने कुनै पनि खेलाडीलाई १ बर्षको प्रतिबन्ध लागेको यो पहिलोपटक हो । यसअघि बल टेम्पोरिङको आरोप लागेका भारतका लिटिल मास्टर सचिन तेन्डुल्करलाई एक म्याचको र पाकिस्तानी खेलाडी शाहिद आफ्रिदिलाई २ म्याचको मात्र प्रतिवन्ध लागेको थियो ।
अष्टे«लिया क्रिकेटले प्रतिबन्ध लगाएपछि अब कप्तान स्मिथ र वार्नरले २७ मार्च २०१९ सम्म कुनै पनि क्रिकेट प्रतियोगिता खेल्न पाउने छैनन् । तर ब्रेनक्राफ्टको प्रतिबन्ध भने २७ डेसेम्वरसम्म मात्र रहने छ ।
आइसीसीको नियमअुनसार यदि कुनै खेलाडीमाथि प्रतिबन्ध लागेमा ती खेलाडीले आइसीसीअन्तर्गत सञ्चालन हुने कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्न नपाउने ब्यवस्था छ ।
प्रतिक्रिया