इन्डोनेसियाको जकार्तामा आयोजना हुने १८ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङमा नेपालले पदकको आशा गरेको छ ।
जकार्तामा १८ अगष्टदेखि सेप्टेम्बर २ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले टिम विधा अन्तर्गत टिम एक्युरेसी तथा टिम क्रसकन्टी«गरि दुई विधामा ५/५ गरि १० खेलाडीहरुले सहभागिता जनाउने भएको छ । त्यस्तै इन्डिभिज्युयलतर्फ पनि एक्युरेसीमा यिनै १० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जनाएका छन् ।
एसियाली खेलकुदलाई मध्यनजर गर्दै केहि समयअघि स्याङ्जामा आयोजना भएको एशियन कन्टिनेन्टल टुरमा छनोट भएका २१ खेलाडीहरु मध्येबाट टिम एक्युरेसी र टिम क्रसकन्ट्रिका लागि दोश्रो चरणमा १०÷१० खेलाडीहरुको छनौट पोखरमा सम्पन्न भएको छ । २० खेलाडीहरुबाट प्रदर्शनको आधारमा एशियाली खेलकुदको लागि ५÷५ खेलाडीहरुको छनोट गरिने संघले जानकारी गराएको छ ।
एसियाली गेममा छनोंट हुन सफल खेलाडीहरुमा टिम क्रस कन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराइ, शेर बहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्ण बहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराइ छन् ।
त्यसैगरी इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसीतर्फ ऋषि पोडे, युवराज सुनुवार, मदन कुमार सुनुवार, शुवास थापा, अनिष भट्टराइ, युकेश गुरुङ, बिजय गौतम, सविन राना मगर र बिशाल थापा छन् । ति मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन । १६ वर्षका युकेशले हाल एसइई (प्याराग्लाईडिङ्ग पाईलट) परिक्षा समेत दिइरहेका छन् ।
नेपाली खेलाडीहरुले टिम एक्युरेसीतर्फ पदक हात पार्ने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले बताए । उनले एशियामा टिम इभेन्टमा नेपाल भन्दा अगाडी जापान र कोरिया मात्र रहेकोले नेपालको पदक पक्क भएको बताए ।
‘विश्वमा पहिलो र दोश्रो स्थानमा ईटाली र फ्रान्स रहेका तथा नेपाल विश्वमा सातौँ स्थानमा रहेको छ’, राउतले बताए । नेपालले यस अघि पनि इन्डोनेशियामा भएको प्रतियोगितामा टिम क्रसकन्ट्रीमा पहिलो स्थान र चीनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भएको थियो । यसका साथै नेपालका ६ खेलाडीहरु विश्व ¥याङिकङमा टप टेनभित्र रहेका छन् । त्यसका आधारमा पनि नेपालले पदक हात पार्ने पक्का रहेको छ राउतको दाबी थियो ।
प्याराग्लाइडिङ खेलका प्रशिक्षक समेत रहेका सानु बाबु सुनुवारले एशियाडमा नेपालको तयारी पदकका लागि हुने बताए । उनले भने– ‘एसियाडमा प्याराग्लाइडिङको सहभागिता मात्रै होइन हामी त्यहाँ पदकको लागि खेल्ने छौ ।’ सुनुवार नेपालको टिम क्याप्टेन समेत हुन भने विश्व ऱ्याङ्किङमा रहेका विमल अधिकारी पनि प्रशिक्षकको भुमिकामा रहने छन । ४५ देशले सहभागिता जनाउने एशियाली खेलमा प्याराग्लाइडिङतर्फ ३० भन्दा बढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ ।
१९१९ मा नेपालमा ब्याबसायिक रुपमा सुरु गरिएको प्याराग्लाइडिङलाई खेलकुदको रुपमा विकास गर्ने उद्देश्यले २००८ जनवरी ३ मा राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय संघको रुपमा दर्ता गरिएको थियो । त्यस पश्चात नेपालमा यसको विकास अझै हुन पुगेको छ । विश्वमै नेपालको पोखरा प्याराग्लाइडिङको लागि दशौं उच्च स्थानमा पर्ने भएकाले खेलाडीहरुले राम्रो तालिम हासिल गर्नेछन् । नेपालमा हाल ५ सय खेलाडीहरु रहेकोमा २५० जना पूर्ण रुपमा ब्यावसायिक खेलाडी रहेकाले पनि नेपालले एशियाली खेलकुदमा पदक हात पार्नेमा विश्वस्त रहेको छ ।
प्रतिक्रिया