राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रिय खेलकुद परिषदअन्तर्गत रहेको मिडिया सेन्टरको उदघाटन गरेका छन् ।
राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा छुट्टै भवन निर्माण गरी स्थापना गरेको मिडिया सेन्टर मन्त्री सुनारले उद्घाटन गरेका हुन् । सोही अवसरमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
मिडिया सेन्टरमा हाल ६ वटा कम्प्युटर राखिएको छ । राखेप सदस्य–सचिव केशवकुमार विष्टले आवश्यकता अनुसार अन्य सुविधा थप्दै जाने सो अवसरमा जानकारी दिए । उद्घाटनपछि मन्त्री सुनारले राष्ट्रिय टिम तयारीमा रहेका केहि खेलका खेलाडीलाई समेत भेटेका थिए ।
प्रतिक्रिया