दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी भइ नेपाली एथलेटिक्स टोली स्वदेश फर्किएको छ । मार्च २७ तारिखमा भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले १ रजत र १ कांस्य जितेको थियो ।
सो प्रतियोगितामा विश्वरुपा बुढाले व्यक्तिगत र टीम प्रतिस्पर्धामा १ रजत र १ कांस्य जितेकि थिइन् । टीम स्पर्धामा विश्वरुपा सम्मिलित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको नेपाली टोलीले कांस्य जितेको थियो ।व्यक्तिगत र टिम स्पर्धा दुवै ८ किलोमिटर दुरीमा प्रतिस्पर्धा भएको थियो । सानुमाया कार्की पदक जित्न असफल भइन् ।
पुरुषमा गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कट्वाल र रामजी बस्नेतले प्रतिस्पर्धा गरेका थिए । उनीहरु पदकविहीन रहे । टिम प्रशिक्षकमा एथलेटिक्स मुख्य प्रशिक्षक अमिरीप्रसाद यादव र चन्द्रबहादुर गुरुङ रहेका छन् । टोलीलाई एथलेटिक्स संघका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेका थिए ।
प्रतिक्रिया