यस्ता छन् अबका विकल्प

यस्ता छन् अबका विकल्प


विगत केही वर्षदेखि असहमतिबीच गुज्रिएका राजनीतिक दलहरूबीच कम्तीमा सत्ताको भागवण्डामा चाहिँ सहमति बन्न सक्ने झिनो आशा गरिएको भए पनि अब त्यस्तो सम्भावनासमेत टाढिएको छ । राष्ट्रपतिले समयसीमा तोकेर सहमतिका निम्ति आह्वान गरेपछि दलहरूबीच कुनै नै कुनै रूपको सहमति बन्ने अपेक्षा राखिएको थियो । तर, एमाओवादी नेतृत्व सत्ताको नेतृत्व परित्याग गर्न राजी नभएपछि अन्य दलहरूले पनि यसलाई प्रतिष्ठाको विषय बनाएका छन् । यसरी एमाओवादी सरकारको नेतृत्व छोड्न तयार नभएपछि सहमतिको सम्भावना टाढिएको हो । सहमतिका सङ्केतहरू नदेखिएकोले नेपाली राजनीतिमा चासो राख्नेहरूमा ‘अब के होला ?’ भन्ने जिज्ञाशा उत्पन्न भएको छ । वास्तवमा ‘अब के होला त ?’ पाठकहरूको जानकारीका निम्ति हामीले त्यस्तो सम्भाव्य विकल्पहरू यहाँ प्रस्तुत गरेका छौँ ।
(क) सुशील कोइरालाको नेतृत्वमा सर्वपक्षीय सरकार गठन एउटा विकल्प हो, तर यसको सम्भावना अहिलेसम्म अत्यन्त न्यून मात्र देखिन्छ ।
(ख) बाबुराम भट्टराई नेतृत्वकै सरकारलाई सहमतीय सरकारको रूप दिनु अर्को एक विकल्प हो, यदि प्रचण्डले अवरोध पैदा गरेनन् भने बाबुरामकै नेतृत्वमा सहमतीय सरकार गठनको सम्भावना अझै टरेको छैन ।
(ग) प्रचण्डको नेतृत्वमा सहमतिको सरकार अर्को एउटा विकल्प हुनसक्छ, तर उहाँलाई प्रधानमन्त्री स्वीकार गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति बनेको छैन । ‘हलो अड्काएर गोरु चुट्ने’ शैलीमा प्रचण्डले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीमा अड्काएर आफ्नो सर्तमा आउन अन्य दलहरूमाथि दबाब दिँदै त हुनुहुन्छ, तर काङ्गे्रस–एमालेलगायतका दलहरू प्रचण्डको नेतृत्वलाई पनि स्वीकार गर्ने सोचमा छैनन् । त्यसैले यो विकल्प कार्यान्वयनको सम्भावना पनि न्यून मात्र देखिन्छ ।
(घ) दलहरूबीच सहमति बन्न नसकेमा निश्चित समयपछि राष्ट्रपतिले आफ्नै अग्रसरतामा निर्वाचन आयोगमा दर्ता भएका दलहरूको बैठक आयोजना गर्ने र सहमति बन्न नसके बहुपक्षीय समर्थन प्राप्त व्यक्तिलाई प्रधानमन्त्री घोषणा गरी शपथ खुवाउने । तर, राष्ट्रपतिले यस्तो कदम चाल्नुअघि उहाँले अन्तर्राष्ट्रिय परिस्थिति तथा नेपाली सेना र सर्वोच्च अदालतको ‘मनस्थिति’बारे जानकारी हासिल गर्न सक्नुपर्छ ।
(ङ) राष्ट्रपति आफैँले आफ्नो नेतृत्वमा चुनावी सरकार गठन गरी निर्वाचन गराएर दलहरूलाई ‘विधिवत्’ सत्ता हस्तान्तरण गर्नु एउटा विकल्प हुनसक्छ । यस किसिमको कदम चाल्नका लागि पनि राष्ट्रपतिले काङ्गे्रस–एमालेसहित बहुसङ्ख्यक दल तथा अन्तर्राष्ट्रिय समुदाय, नेपाली सेना र सर्वोच्च अदालतको विश्वास प्राप्त गर्न सक्नुपर्छ ।
(च) गैरराजनीतिक वा तटस्थ व्यक्तिको नेतृत्वमा सरकार गठन अर्को एउटा विकल्प हो । त्यसका निम्ति दलहरूबीच सहमति बन्नु राम्रो, नबने राष्ट्रपति आफैँले कसैलाई प्रधानमन्त्री नियुक्त गर्ने परिस्थिति बहुसङ्ख्यक दलहरूले निर्माण गरिदिनुपर्ने हुन्छ ।
उल्लिखित ६ मध्ये कुनै पनि एउटा विकल्पअनुरूप मुलुकको निकास खोजिएन भने सातौँ विकल्प आकस्मिक र अनपेक्षित हुनसक्छ । सातौँ विकल्पका रूपमा ‘२०४७ सालको संविधान पुनस्र्थापना’का प्रक्रिया अघि बढ्यो भने पनि कुनै आश्चर्य मान्नुपर्दैन । सत्तापक्षसँग दलहरूबीचको दूरी जसरी बढ्दै गएको छ यसले भविष्यमा सत्ता–सङ्घर्षलाई उत्कर्षमा पुर्‍याउने र मुलुकमा गृहयुद्धको प्रारम्भ गराउने सम्भावनालाई इन्कार गर्न सकिन्न । राष्ट्रपतिले सहमतिको सरकार गठनका निम्ति गरेको आह्वानको समयसीमा अनिश्चितकालसम्म थप गर्दै जाने र बाबुराम नेतृत्वको सरकारलाई यसैगरी लामो समयसम्म निन्तरता दिइरहने हो भने पनि मुलुकमा तनाव, विवाद र द्वन्द्वको स्थिति सिर्जना हुने निश्चित छ । अन्तरिम संविधान र संविधानसभा निकास दिन असफल भइसकेको सन्दर्भमा राजनीतिक दलहरू पनि असफल भए भने जो बलियो छ उसैले मुलुकको राज्यसत्ता हातमा लिने अवस्था निश्चित रूपमा आउन सक्छ, जुन दिन अब धेरै नजिक हुँदै गएको छ र यो नौ सातौँ विकल्प बन्न पनि सक्छ ।

पदम कुँवर राजनीतिमा आउने
एकीकृत माओवादीको मङ्सिर १ गते भएको चियापान कार्यक्रममा पुष्पकमल दाहाल (प्रचण्ड) लाई थप्पड हिर्काएबापत २५ दिन थुनामा रही २६औँ दिनमा मुक्त भएका पदम कुँवरले अब सक्रिय राजनीति गर्ने सङ्केत दिएका छन् ।
प्रचण्डलाई थप्पड लगाएबापत जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले २८ हजार धरौटी माग गर्दा कुँवरले रकम बुझाउन नसकेपछि केन्द्रीय कारागारमा पठाइएको थियो । २४ दिन एकीकृत माओवादीका कार्यकर्ताको आक्रमणबाट सख्त घाइते भएका कुँवर अस्पताल र प्रहरी हिरासतमा बसेपछि एक दिन केन्द्रीय कारागारमा समेत बसेका थिए । धरौटी रकम जम्मा गर्न नसकेको समाचार बाहिर आएलगत्तै देश–विदेशबाट सहयोगको ओइरो लाग्न थालेपछि प्रचण्डले आफ्ना सहयोगी शिव खकुरेललाई मंगलबार १० बजे नै जिल्ला प्रशासन कार्यालयमा पठाएर धरौटी जम्मा गर्न लगाएका थिए । धरौटी जम्मा गरेपछि काठमाडौं प्रहरी परिसरबाट रिहा भएका पदमले आफू मृत्युको मुखबाट फर्किएको हुँदा सुरक्षाको डर नभएको बताए । हनुमानढोकामा घटना र विचारसँग सङ्क्षिप्त कुराकानी गर्दै कुँवरले भने, ‘मेरो कुनै नागरिकता वा प्रमाणपत्रमा राजनीति नगर्नु भन्ने नलेखिएकोले आफूले राजनीति नगर्ने भन्ने कुरै आउँदैन ।’ तपाईंको धरौटी रकम त प्रचण्डले नै बुझाइदिनुभयो नि भनेर राखिएको जिज्ञाशामा कुँवरले आफू २६ दिनसम्म बन्द कोठरीमा बसेर बाहिर आएको हुँदा यस विषयमा केही थाहा नभएको प्रतिक्रिया दिए ।
मृत्युलाई जितेर बाँचेकोले सुरक्षाको कुनै पर्वाह नभएको बताउने कुँवरलाई रिहा हुनासाथ ठूलो भीडले अबिर–माला लगाइदिएर स्वागत गरेको थियो । हनुमानढोका परिसरमै कोरियामा कामदारका रूपमा रहेका हेटौंडाका किशोर न्यौपानेले धरौटीका लागि पठाएको रु. २८ हजार र पकेट खर्चका लागि पठाएको दुई हजार गरी ३० हजार कुँवरलाई बुझाएका थिए । सत्ताका लागि अनेक नारा दिएर दशवर्षे युद्ध चलाएको माओवादीले घाइते परिवारलाई बेवास्ता गरेको भन्दै पदमले माओवादी अध्यक्ष प्रचण्डलाई थप्पड लगाएका थिए । सोमबार सरकारी वकिलले प्रचण्डलाई थप्पड लगाएकोमा पछुतो छ–छैन भनी बयानका क्रममा सोध्दा कुनै पछुतो नभएको प्रतिक्रिया कुँवरले दिएका थिए । कुँवरको रिहाइमा खुसी व्यक्त गर्न आएका मरुटोलका ५४ वर्षीय सजुकृष्ण महर्जनले प्रचण्डलाई थप्पड हिर्काएबापत २८ हजार कुँवरलाई धरौटी तोकिनु राम्रो नभएको बताए । प्रचण्डको थप्पडको २८ हजार मूल्य हो भने उनको निर्देशनमा १० वर्षसम्म हजारौंले ज्यान गुमाउनुपरेको छ त्यसको मूल्य प्रचण्डले कति तिर्ने भनेर प्रश्न गरेका थिए ।
जनताले नै पदमको रिहाइका लागि रकम जम्मा गर्न थालेपछि आफ्नो थप बेइज्जती हुनबाट रोक्न प्रचण्डले हतारहतार रकम जम्मा गर्न पठाएको टिप्पणी राजधानीमा गरिएको छ ।

नारायणकाजीले झपारे सिटौलालाई
एमाओवादी उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले काङ्गे्रसका मनोनीत महामन्त्री झापाका कृष्ण सिटौलालाई नराम्रोसँग झपारेको समाचार प्राप्त भएको छ । गत बुधबार (मङ्सिर २०) देशमा विदेशी भूमिका बढेको र राष्ट्रपति र प्रधानमन्त्रीले समेत परराष्ट्र मन्त्रालयद्वारा जारी आचारसंहिता उल्लङ्घन गरेको विषयमा गम्भीर असन्तुष्टि प्रकट गर्दै नेता श्रेष्ठले आफू निराश हुन थालेको बताउनुभएको थियो । श्रेष्ठले देशका नेताहरूको कार्यव्यवहारले आफूलाई निराश तुल्याएको बताउँदै कतिपय समयमा राजनीतिबाट नै सन्न्यास लिऊँ कि भन्नेसम्मको भावना मनमा पैदा हुने गरेको अभिव्यक्ति दिनुभएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीले विदेशी कूटनीतिक नियोगका प्रतिनिधि तथा तिनीसम्बद्ध व्यक्तिहरूलाई अनधिकृत रूपमा बारम्बार भेटी वार्ता गर्ने गरेको र कतिपय संवेदनशील बैठकहरूमा समेत अवाञ्छित व्यक्तिहरूलाई प्रवेश दिने गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपति तथा प्रधानमन्त्रीप्रति साङ्केतिक तर कडा रूपमा असन्तोष प्रकट गर्नुभएको थियो । श्रेष्ठका अभिव्यक्तिहरूलाई सञ्चारमाध्यमहरूले उच्च महत्वकासाथ गत साताको बिहीबार प्रकाशन तथा प्रसारण पनि गरे । त्यसरी सञ्चारमाध्यममा उपप्रधानमन्त्रीको भनाइ सार्वजनिक भएपछि अरू जो–जसले जस्तो महसुस गरेका भए पनि झापाका कृष्ण सिटौलाले चाहिँ निकै नै गम्भीर रूपमा लिएका रहेछन् । नारायणकाजी श्रेष्ठको अभिव्यक्तिले देशको वर्तमान अवस्था चित्रण गरेकोमा नभई सिटौलाको आपत्ति राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिष्ठामा क्षति पुर्‍याएकोमा थियो ।
गत बिहीबार (मङ्सिर २१) दलहरूबीच सहमति जुटाउन बसेको चार दलको बैठकमा सिटौलाले नारायणकाजी श्रेष्ठलाई सम्बोधन गर्दै ‘तपाईंले त्यसरी राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने किसिमको अभिव्यक्ति दिन नहुने’ भने । सिटौलाको कुरा सुन्नेबित्तिकै नारायणकाजी बम्किए, ‘के राष्ट्रिय स्वाभिमान कायम राख्नुपर्छ, कूटनीतिक मर्यादामा सबै बस्नुपर्छ र विदेशीको अवाञ्छित गतिविधिमा नियन्त्रण गरिनुपर्छ भन्दा राष्ट्रपति र प्रधानमन्त्रीको अपमान हुन्छ ? यस्ता कुरा नगर्नुस् सिटौलाजी, हामीले कूटनीतिक मर्यादा सबैतर्फबाट पालना हुनुपर्छ भनी आचारसंहिता जारी गरेका छौँ, तपाईंहरूजस्ता मानिसका कारण त्यसको पालनामा समस्या पैदा भइरहेको छ ।’ यसरी उपप्रधानमन्त्री श्रेष्ठ सिटौलाविरुद्ध कड्किँदै गएपछि बैठकमा उपस्थित प्रचण्ड–बाबुराम चुपचाप बसे । तर, एमाले नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले भने श्रेष्ठका कुरा सही हुन् भन्दै उहाँको प्रशंसा गरेका थिए । स्थिति आफ्नो प्रतिकूल देखिएपछि सिटौला पनि वादविवादमा उत्रिएनन्, अँध्यारो अनुहारमा सिटौला चुपचाप बसे । नारायणकाजी श्रेष्ठले आफ्नो अभिव्यक्तिको कोर्स पूरा गरेपछि मात्र बैठक विषयमा प्रवेश गरेको खनालनिकट सूत्रले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ सरकार छाड्ने निष्कर्षमा पुगेको, तर प्रचण्डले रोकेका कारणले मात्र उहाँले छोड्न नसकेको बुझिएको छ । प्रचण्डका निकटवर्तीहरूले जनाएअनुसार बाबुरामको कार्यशैलीबाट दिक्क भएका श्रेष्ठले धेरै पहिलेदेखि नै पदत्यागको इच्छा प्रकट गर्नुभएको थियो । तर, ‘राम्रो सन्देश नजाने’ भन्दै प्रचण्डले श्रेष्ठलाई रोक्नुभएको बुझिएको छ ।
गीतालाई सताउँदै तस्करहरू
भ्रष्टाचारीहरूको देशका रूपमा स्थापित हुँदै गएको नेपालमा राम्रो काम गर्नेहरूले समेत प्रताडना व्यहोर्नुपर्छ भन्ने अर्को एउटा दृष्टान्त हालै प्रकट भएको छ । जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालिरहेकी काभ्रेकी एसपी गीता उप्रेतीले नयाँ कीर्तिमान राख्दै तस्करी गरी ल्याइएको नौ केजी सुन पक्राउ गरेपछि स्याबासी पाउनुको सट्टा उनलाई निरुत्साहित गर्ने प्रयास भएको छ । केही वर्षयता तातोपानी भन्सार नाकाबाट सुन तस्करी हुने गरेको चर्चा हुने गरे पनि ठूलो परिमाणमा यसरी सुन पक्राउ गर्न भने सकिएको थिएन । काभ्रेको प्रहरी प्रमुखका रूपमा उप्रेतीले कार्यभार सम्हालेपछि यसअघि २५ केजी सुनाखरीसमेत पक्राउ गरिएको थियो ।
प्राप्त जानकारीअनुसार गत मङ्सिर २१ गते सुराकीको आधारमा धुलिखेल प्रहरीले तातोपानीबाट काठमाडौं आउँदै गरेको बा.२ख २८२५ नम्बरको आइचर भ्यानमा लुकाइछिपाइ ल्याएको सुन बिहान ४ बजे पक्राउ गरेको थियो । उक्त भ्यानमा लत्ताकपडा राखेर शिलबन्दी गरिएको थियो । चालकको सिटमाथि लुकाएर ल्याएको सुनसँगै प्रहरी कार्यालयले सवारीसाधनका चालक सेते तामाङलाई पनि पक्राउ गरेको छ । सुराकी पाएपछि धुलिखेल प्रहरीले राति १२ बजेदेखि चेकजाँच सुरु गरेको थियो । एक सयभन्दा बढी सवारीसाधन चेक गरिसकेपछि सुन फेला परेको थियो । सो रात सबै प्रहरीलाई विभिन्न नाकामा परिचालन गरिएको थियो । चालक तामाङले यसअघि पनि आफूले तीनपटक यसैगरी खासाबाट काठमाडौंसम्म सुन ल्याएको र उक्त सुन तिब्बतीयन नागरिकको भएको बयान दिएका छन् । तर, यसअघि कुनै प्रकारको प्रहरी चेकिङमा आफू नपरेको पनि उनले बताएका छन् ।
यसरी ठूलो परिमाणमा सुन पक्राउ गर्न सफल प्रहरी अधिकारीलाई प्रोत्साहित गर्नुको सट्टा अहिले २० केजी सुन ल्याएकोमा नौ केजी मात्रै देखाइएको भनी उनीहरूको मनोबल गिराउन एउटा गिरोह नै लागेको देखिएको छ । प्रहरीले चेकिङ कडा बनाएपछि तातोपानी नाकाबाट विभिन्न सामानको तस्करी गर्दै आएका र काभ्रे हुँदै विभिन्न सामान तातोपानी कटाउने कार्यमा संलग्न तस्करहरू एसपी गीताको विरुद्धमा उत्रिएका छन् । उनीहरूको एक मात्र धोको जसरी हुन्छ एसपीलाई त्यहाँबाट हटाउने रहेको बुझिन्छ । गीतालाई हटाउनका निम्ति प्रहरीकै केही अधिकृतहरूसमेत षड्यन्त्रमा सामेल भएको र उच्चस्तरमै एक कमिटी बनाई छानबिन गराउने प्रयास उनीहरूले गरेको बताइन्छ । तर, आईजीपी कुवेरसिंह राना र एआईजीपी नवराज ढकालले भने राम्रो काम गर्नेलाई निरुत्साहित नगर्ने गरी सत्यतथ्य बुझ्ने तरिका अपनाएको बुझिएको छ । यसअघि दशैँ–तिहारमा जुवाका खालबाट ठूलो सङ्ख्यामा जुवाडेहरूलाई पक्राउ गरेर उनी चर्चित बनेकी थिइन् ।
यसकारण रोकिए सुशील
नेपालका सर्वाधिक निष्ठावान एवम् इमानदार मानिएका नेता सुशील कोइरालालाई प्रधानमन्त्री स्वीकार गर्न एमाओवादीका अध्यक्ष प्रचण्ड र मधेसी मोर्चासम्बद्ध नेताहरू तयार भएनन् । उनीहरू सुशीललाई स्वीकार नगर्ने मात्र होइन कुनै हालतमा पनि प्रधानमन्त्री बन्न नदिने सोचमा रहेको बुझिन्छ । प्रचण्ड र मधेसका सत्तारुढ नेताहरूले काङ्गे्रसलाई अस्वीकार गरेका हुन् या सुशील कोइराला या निष्ठा र इमानदारीलाई, यो अध्ययन र विश्लेषणको विषय हुनसक्छ, तर दुवै थरीले कोइरालाको नेतृत्वलाई सतप्रतिशत अस्वीकार गर्ने स्पष्ट अभिव्यक्ति दिएका छन् । सुशील कोइरालालाई अस्वीकार गर्नुको कारण सत्तारुढ मधेसी नेताहरूले उहाँ मधेसप्रति सकारात्मक नरहेकोले बताउने गरेका छन् । प्रचण्डले चाहिँ वास्तविक कारण नबताएर संविधानका विवादित मुद्दाहरूमा सहमति भए कोइरालालाई प्रधानमन्त्री बनाउन सकिने धारणा सार्वजनिक गर्नुभएको छ । विवादित विषयमा सहमति बन्नुपर्ने सर्त तेस्र्याउनु भनेको पनि सुशील कोइरालालाई प्रधानमन्त्री बन्न नदिनु नै हो, किनभने तत्काल संविधानका विवादित विषयमा सहमति बन्न सक्ने कुनै सम्भावना देखिएको छैन । प्रचण्ड आफ्नो पार्टीको आगामी माघ २० गते सुरु हुने महाधिवेशनसम्म बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमै कायम राख्न चाहनुहुन्छ र त्यसो गर्दा महाधिवेशनमा आफू सर्वसम्मत ढङ्गले अध्यक्ष निर्वाचित हुने विश्वासमा उहाँ हुनुहुन्छ । महाधिवेशनपश्चात् प्रधानमन्त्रीका रूपमा आफैँलाई प्रस्तुत गर्ने योजना प्रचण्डले बनाउनुभएको छ । अहिलेसम्म प्रचण्डले आफू प्रधानमन्त्री बन्न चाहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको छैन, तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पटकपटकको भेटमा उहाँले आफैँ प्रधानमन्त्री बन्न चाहेको खुलस्त ढङ्गले बताउनुभएको छ । सुशील कोइराला ०६२ मङ्सिर ७ गते भारतको राजधानी नयाँदिल्लामा भएको १२बुँदे सम्झौतामा सामेल नभएको र सम्झौताको भावनाबारे कोइराला जानकार नभएको तर्क प्रचण्डले प्रस्तुत गर्ने गर्नुभएको छ । १२बुँदे सम्झौतामा सामेल नभएकालाई प्रधानमन्त्री बनाउन नसकिने व्यहोरा संविधानमा अङ्कित नभएको र त्यसो भन्नु राजनीतिक रूपमा पनि उचित नहुने भएकोले उच्च राजनीतिक तहमा भएका बैठकहरूमा प्रचण्डले त्यस्तो तर्क प्रस्तुत गर्नुभएको छैन । प्रचण्डबाट जे–जस्ता तर्क प्रस्तुत गरिएका भए पनि मूल कुरा उहाँ बाबुराम भट्टराईपछि आफैँ प्रधानमन्त्री बन्न चाहनुहुन्छ र उहाँ आफूबाहेक जोसुकैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे पनि स्वीकार गर्न तयार हुनुहुन्न । गिरिजाप्रसाद कोइरालालाई पदको प्रलोभन दिएर काम पट्याउन सफल भएकोले सुशीललाई पनि त्यसैगरी प्रयोग गर्न सकिने आशा प्रचण्डले गर्नुभएको थियो । गिरिजाप्रसादको निधनपश्चात् भएका कैयन् गुप्त बैठकहरूमा प्रचण्डले सुशीललाई अनेकौँ प्रलोभन दिने पनि गर्नुभएको हो । तर, देश र प्रजातन्त्रको सवालमा कुनै किसिमको सम्झौता नगर्न सुशील कोइराला दृढ रहनुभएको र जे गरे पनि गिरिजाप्रसादलाई झैं सुशीललाई उपयोग गर्न नसकिने देखिएपछि प्रचण्डले सार्वजनिक रूपमा समेत सुशीलको आलोचना गर्दै आउनुभएको छ । सुशीललाई होच्याउन प्रचण्डले बारम्बार गिरिजाप्रसादको अभाव खट्किएको भन्दै विलौना गर्ने पनि गर्नुभएको छ । सुशील कोइरालाले राष्ट्रको पक्षमा लिँदै आउनुभएको अडान पनि प्रचण्डलाई जायज लागेको छैन र प्रचण्डले विदेशीहरूसँग सुशील प्रधानमन्त्री हुँदा विदेशी मित्रराष्ट्रहरूलाई समेत अप्ठ्यारो पर्ने धारणा राख्ने गर्नुभएको छ । प्रचण्डको यस्तो आरोपलाई सुशीलले खण्डन गर्ने गर्नुभएको छैन र उहाँले विदेशी मित्रहरूको विश्वास आर्जन गर्ने कुनै प्रयास पनि गर्नुभएको छैन । जसका कारण सुशील कोइरालाले विदेशी मित्रहरूको समर्थन र सद्भाव हासिल गर्न सक्नुभएको छैन । अर्कोतर्फ प्रचण्ड आगामी वैशाखमा निर्वाचन गराउन चाहनुहुन्न, वैशाखमा चुनाव भए आफ्नो पार्टीले नराम्रो पराजय भोग्नुपर्ने विश्लेषण प्रचण्डको छ । कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन भएमा उक्त सरकारले जसरी भए पनि वैशाखमा निर्वाचन गराइछाड्ने भन्ने चिन्ता पनि प्रचण्डमा देखिन्छ । आफ्नो साख गिरेको, विश्वसनीयतता घटेको र पार्टी विभाजन पनि भएको हुँदा वैशाखमा चुनाव गराउनु एमाओवादीका लागि दुर्भाग्यपूर्ण हुने प्रचण्डको ठम्याइ छ । सुशील कोइरालालाई अहिले प्रधानमन्त्री बनाउनु भनेकै वैशाखमा चुनाव गराउनु हो भन्ने बुझेकोले प्रचण्ड आगामी वैशाखमा चुनाव हुन नदिन पनि सुशीललाई प्रधानमन्त्री बन्न दिन नहुने ठान्नुहुन्छ । त्यसैले प्रचण्डले सुशील कोइरालालाई सरकारको नेतृत्व नदिने आफ्नो इच्छासँग विदेशी मित्रहरूलाई पनि जोड्नुभएको छ र कुनै पनि हालतमा उहाँलाई प्रधानमन्त्री हुन नदिन दृढसङ्कल्पित हुनुहुन्छ । त्यसैले आगामी माघमा हुने आफ्नो पार्टीको महाधिवेशनसम्म जसरी भए पनि बाबुराम नेतृत्वको सरकारलाई निरन्तरता दिने र त्यसपछि आफैँ प्रधानमन्त्री बन्ने खेल सुरु गर्ने योजनाका साथ प्रचण्ड क्रियाशील हुनुहुन्छ । आफ्नो यस अभियानमा एमाले नेता माधवकुमार नेपालको साथ रहने विश्वास प्रचण्डमा छ । नेपालसँगको वार्तालापका क्रममा प्रचण्डले सहमतीय सरकारको नेतृत्व या त माधव नेपालले गर्नुपर्ने होइन भने आफैँले पाउनुपर्ने धारणा राख्ने गर्नुभएको छ । माधव नेपालले केपी ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दा पनि प्रचण्डले ठाडै अस्वीकार गर्नुभएको बताइन्छ । त्यसैले महाधिवेशनपछि सहमतीय प्रधानमन्त्री बन्न प्रचण्ड आफैैँ सक्रिय हुने सम्भावना छ । कदाचित आफू प्रधानमन्त्री बन्न नसकेमा दमन ढुंगाना या आफूअनुकूलको त्यस्तै कोहीलाई सरकारको नेतृत्व दिने सोच प्रचण्डले बनाउनुभएको छ । त्यसैले सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन हुने सम्भावना टाढिएको छ ।

पृथ्वीमा प्रलय नहुने वैज्ञानिक र ज्योतिषीको विश्वास
पृथ्वी प्रलय हुँदै छ भनी विश्वव्यापी रूपमा चलेको हल्ला गलत भएको नेपाली वैज्ञानिक र ज्योतिषीहरूले दाबी गरेका छन् । डिसेम्बर ११ देखि १४ सम्म पाँचवटा ग्रह एउटै रेखामा रहने र माया क्यालेन्डरमा डिसेम्बर २१ देखिएपछिका तिथिमिति उल्लेख नभएको कुरालाई आधार मानेर विश्वमा पृथ्वी प्रलयको हल्ला व्याप्त बनाइएको हो ।
भारतीय ज्योतिषी एवम् भविष्यवेत्ता पण्डित केदारनाथ दाधिजका अनुसार पृथ्वी विनाशको कुनै योग छैन । ‘२१ डिसेम्बरमा मंगल उच्च रहने र सूर्यभित्र शनि, धनु र तुला उच्च स्थानमा रहने भएकाले विश्व विनाश हुने कुनै सम्भावना छैन,’ ज्योतिषी दाधिजले भनेका छन् । डिसेम्बर महिनालाई विश्वले अत्यन्तै महत्व र विशेष महिनाको रूपमा लिएको छ । पण्डित दाधिजका अनुसार डिसेम्बर महिनाको ११ देखि १४ तारेखसम्म पाँच ग्रह एकसाथ एक रेखामा हुनेछन् । यो योग ११ डिसेम्बरको रातबाट १४ डिसेम्बर बिहानसम्म रहनेछ । यस समयमा सूर्य, बुध, शुक्र, राहु र चन्द्रमा एकसाथ वृश्चिक राशिमा रहनेछन् ।
‘यस समयमा मंगलले शुक्र र राहुसँग शत्रुता राख्छ भने बुधसँग मित्रता । मंगल ग्रह सूर्यको साथ रहने हुनाले अन्य ग्रहको प्रभाव कम रहने र गुरुको पूर्ण दृष्टि वृश्चिकमा रहनेछ,’ दाधिजको भनाइ छ । उनले थपेका छन्, ‘शनि उच्च भएकाहरूका लागि यो समय केही कष्टकर भने हुनेछ ।’ उनका अनुसार राजनीतिको स्तरमा गिरावट आउने र सरकारप्रति विरोधको भाव रहनेछ ।
नेपाली ज्योतिषी पण्डित कुमार खानालले पनि २१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुने कुनै सम्भावना र सङ्केत नरहेको बताए । ‘पाँचवटै ग्रह एकै रेखामा रहेकाले यस समयमा केही विनाशका घटना भने हुन सक्छन्,’ उनले थपे, ‘तर, पृथ्वी प्रलय हुने कुनै सम्भावना छैन ।’ विश्वमा प्रलय तथा विनाशका सामान्य घटना भने भइरहेको उनले बताए । खनालले भने, ‘सामान्य भूकम्प तथा आँधी–हुरी आउन सक्छ, तर यो योग लामो समय नरहने र चतुग्रह योग दुई दिनमा समाप्त हुन्छ । उनले चिसोको प्रकोपले खेतीमा केही नोक्सान हुने सम्भावना रहेको र त्यो पनि न्यून मात्र हुनेछ ।
नेपाली वैज्ञानिक एवम् रोनास्टका पूर्वउपकुलपति डा. दयानन्द बज्राचार्यले पनि २१ डिसेम्बरमा पृथ्वीमा कुनै पनि विपत्तिका घटना नहुने स्पष्ट पारे । पृथ्वी विनाश हुने हल्लामध्ये अमेरिकाबाट आएको जानकारी गराउँदै बज्राचार्यले थपे, ‘माया सभ्यताको क्यालेन्डर डिसेम्बर २१ मा अन्त्य भएको र त्यसपछिको कुनै तिथि उल्लेख नभएकाले त्यसैलाई आधार मानेर पृथ्वी प्रलय हुने हल्ला चलेको हो ।’ माया सभ्यता करिब दुई सय ५० देखि नौ सय इसापूर्वसम्म उत्तरी र मध्यअमेरिका, पूर्वीमेक्सिको, पश्चिम होन्डुरस र एलसाल्भाडोरमा विकसित भएको हो । यसलाई मेसो–अमेरिकन सभ्यतासमेत भनिन्छ ।
क्यालेन्डरमा अन्तिम दिनका रूपमा डिसेम्बर २१ लाई उल्लेख गरिएकोले पनि हल्ला गर्नेहरूलाई सजिलो भएको उनको भनाइ थियो । उनले थपे अहिले इन्टरनेटको युग भएकोले विश्वव्यापी रूपमा विनाशको हल्ला पैmलिएको हो । पृथ्वी विनाशको हल्ला बेलाबेलामा चल्ने गरेको र ती सबै गलत सावित हुँदै गएको उनको भनँइ थियो । उनले भने, ‘यो पनि हल्ला मात्र हो, कुनै अप्रिय घटना हुने सम्भावन छैन ।’
यसैगरी डिसेम्बर २१ मा संसार ध्वस्त हुने भविष्यवाण्ँी सही नभएको नासाले पनि स्पष्ट पारेको छ । नासाले आफ्नो वेबसाइटमा भविष्यवाण्ँी सत्य नभएको विज्ञप्ति नै प्रकाशित गरेको उनले जानकारी दिए । विज्ञप्तिलाई आधार मान्दै भने, ‘सन् २०१२ मा संसार ध्वस्त हुने सही होइन, ग्रहहरूलाई आधार मान्ने हो भने अझै अर्बौं वर्Èसम्म संसारको अन्त्य हुने छैन ।’ माया क्यालेन्डरको भनाइ उद्धृत गर्दै नासाका ग्रहसम्बन्धी वैज्ञानिक डा. डान यौम्यान्सले माया क्यालेन्डरका अनुसार एउटा चक्र सकिएर अर्को चक्र थालनी हुने मिति मात्र हो, त्यसबाहेक अरू केही होइन त्यो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिकशास्त्र विभागका प्राध्यापक डा. उदयराज खनालले पनि पृथ्वी ध्वस्त हुने कुरा हल्ला मात्र भएको बताए । उनले भनेका छन्, ‘माया सभ्यताको क्यालेन्डरमा तीन सय ९४ दिनको एक चक्र हुन्छ, अहिले एउटा चक्र मात्र सकिने हो, क्यालेन्डर नै सकिने होइन ।’ १६औँ शताब्दीका यी भविष्यबेत्ताले काव्यात्मक रूपमा भविष्यका घटनाको वणर््ँन गरेका छन्, जसलाई संसारका विभिन्न उल्लेखनीय घटनासँग जोडेर धेरैले आ–आफ्नो स्वार्थअनुकूल व्याख्या गर्दै आएका छन् ।
अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य अवश्यंभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको एक प्यारोडी भिडियोमा बताएपछि हल्ला झन् विश्वव्यापी भयो । गिलारीले दिएको भिडियो सन्देशमा जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाण्ँी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गरेका थिए । तर, संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा थाहा नभएको उनको कथन थियो । संसार ध्वस्तको हल्ला चलेपछि मायावी विश्वको केन्द्र मानिने ग्वाटेमालामा विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो लागेको समाचारमा जनाइएको छ । ग्वाटेमालामा डिसेम्बर २० र २१ मा विश्व मानवताको नयाँ बिहानी शीर्Èकको विश्व सम्मेलन पनि गरिने बताइएको छ ।
क–कसले गरे ध्वस्तको हल्ला
सन् २०११ को मे २१ मा अमेरिकन त्रिशूलबाबाको रूपमा चिनिले हारोल्ड क्याम्पिङल अमेरिकाको क्यालिफोर्नियामा रहेको एउटा रेडियो स्टेसन फेमिली रेडियोका अध्यÔ एवम् सोही रेडियोको कार्यक्रममा अक्टोबर २१ मा पृथ्वी ध्वस्त हुने भविष्यवाण्ँी गरेका थिए । त्यस्तै सन् १९९२ मा क्याम्पिङले सन् १९९४ को सेप्टेम्बेर ४ मा पृथ्वी ध्वस्त हुने घोÈण्ाँ गरेका थिए । त्यतिबेला उनको भविष्यवाण्ँी गलत भएपछि गण्ँितीय हिसाबकिताब गर्दा भूल भएको भन्दै भविष्यवाण्ँी नै सच्याएका थिए । गड चर्चका मिनिस्टर रोनाल्ड वेनल्यान्डले सन् २००८ को सेप्टेम्बर १० मा पृथ्वी ब्लाक होलमा पसेर ध्वस्त हुने भविष्यवाण्ँी गरेका थिए । त्यस्तै सन् २००६ को जुन ६ मा पनि पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरिएको थियो । त्यसअघि सन् १९९९ को जुलाईमा र सन् १९९७ को मार्च २६ मा पनि पृथ्वी ध्वस्त हुने बताइएको थियो । यस्ता भविष्यवाण्ँी सन् १८४३ को मार्च २१ र १८४४ को मार्च २१ मा पनि गरिएको थियो । केही वर्षअघि नेपालमा त्रिशूलबाबाले नेपाल ध्वस्त हुने हल्ला चलाएका थिए । तर, त्यो पनि गलत सावित भएको थियो ।
यसकारण रोकिए सुशील
नेपालका सर्वाधिक निष्ठावान एवम् इमानदार मानिएका नेता सुशील कोइरालालाई प्रधानमन्त्री स्वीकार गर्न एमाओवादीका अध्यक्ष प्रचण्ड र मधेसी मोर्चासम्बद्ध नेताहरू तयार भएनन् । उनीहरू सुशीललाई स्वीकार नगर्ने मात्र होइन कुनै हालतमा पनि प्रधानमन्त्री बन्न नदिने सोचमा रहेको बुझिन्छ । प्रचण्ड र मधेसका सत्तारुढ नेताहरूले काङ्गे्रसलाई अस्वीकार गरेका हुन् या सुशील कोइराला या निष्ठा र इमानदारीलाई, यो अध्ययन र विश्लेषणको विषय हुनसक्छ, तर दुवै थरीले कोइरालाको नेतृत्वलाई सतप्रतिशत अस्वीकार गर्ने स्पष्ट अभिव्यक्ति दिएका छन् । सुशील कोइरालालाई अस्वीकार गर्नुको कारण सत्तारुढ मधेसी नेताहरूले उहाँ मधेसप्रति सकारात्मक नरहेकोले बताउने गरेका छन् । प्रचण्डले चाहिँ वास्तविक कारण नबताएर संविधानका विवादित मुद्दाहरूमा सहमति भए कोइरालालाई प्रधानमन्त्री बनाउन सकिने धारणा सार्वजनिक गर्नुभएको छ । विवादित विषयमा सहमति बन्नुपर्ने सर्त तेस्र्याउनु भनेको पनि सुशील कोइरालालाई प्रधानमन्त्री बन्न नदिनु नै हो, किनभने तत्काल संविधानका विवादित विषयमा सहमति बन्न सक्ने कुनै सम्भावना देखिएको छैन । प्रचण्ड आफ्नो पार्टीको आगामी माघ २० गते सुरु हुने महाधिवेशनसम्म बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमै कायम राख्न चाहनुहुन्छ र त्यसो गर्दा महाधिवेशनमा आफू सर्वसम्मत ढङ्गले अध्यक्ष निर्वाचित हुने विश्वासमा उहाँ हुनुहुन्छ । महाधिवेशनपश्चात् प्रधानमन्त्रीका रूपमा आफैँलाई प्रस्तुत गर्ने योजना प्रचण्डले बनाउनुभएको छ । अहिलेसम्म प्रचण्डले आफू प्रधानमन्त्री बन्न चाहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको छैन, तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पटकपटकको भेटमा उहाँले आफैँ प्रधानमन्त्री बन्न चाहेको खुलस्त ढङ्गले बताउनुभएको छ । सुशील कोइराला ०६२ मङ्सिर ७ गते भारतको राजधानी नयाँदिल्लामा भएको १२बुँदे सम्झौतामा सामेल नभएको र सम्झौताको भावनाबारे कोइराला जानकार नभएको तर्क प्रचण्डले प्रस्तुत गर्ने गर्नुभएको छ । १२बुँदे सम्झौतामा सामेल नभएकालाई प्रधानमन्त्री बनाउन नसकिने व्यहोरा संविधानमा अङ्कित नभएको र त्यसो भन्नु राजनीतिक रूपमा पनि उचित नहुने भएकोले उच्च राजनीतिक तहमा भएका बैठकहरूमा प्रचण्डले त्यस्तो तर्क प्रस्तुत गर्नुभएको छैन । प्रचण्डबाट जे–जस्ता तर्क प्रस्तुत गरिएका भए पनि मूल कुरा उहाँ बाबुराम भट्टराईपछि आफैँ प्रधानमन्त्री बन्न चाहनुहुन्छ र उहाँ आफूबाहेक जोसुकैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे पनि स्वीकार गर्न तयार हुनुहुन्न । गिरिजाप्रसाद कोइरालालाई पदको प्रलोभन दिएर काम पट्याउन सफल भएकोले सुशीललाई पनि त्यसैगरी प्रयोग गर्न सकिने आशा प्रचण्डले गर्नुभएको थियो । गिरिजाप्रसादको निधनपश्चात् भएका कैयन् गुप्त बैठकहरूमा प्रचण्डले सुशीललाई अनेकौँ प्रलोभन दिने पनि गर्नुभएको हो । तर, देश र प्रजातन्त्रको सवालमा कुनै किसिमको सम्झौता नगर्न सुशील कोइराला दृढ रहनुभएको र जे गरे पनि गिरिजाप्रसादलाई झैं सुशीललाई उपयोग गर्न नसकिने देखिएपछि प्रचण्डले सार्वजनिक रूपमा समेत सुशीलको आलोचना गर्दै आउनुभएको छ । सुशीललाई होच्याउन प्रचण्डले बारम्बार गिरिजाप्रसादको अभाव खट्किएको भन्दै विलौना गर्ने पनि गर्नुभएको छ । सुशील कोइरालाले राष्ट्रको पक्षमा लिँदै आउनुभएको अडान पनि प्रचण्डलाई जायज लागेको छैन र प्रचण्डले विदेशीहरूसँग सुशील प्रधानमन्त्री हुँदा विदेशी मित्रराष्ट्रहरूलाई समेत अप्ठ्यारो पर्ने धारणा राख्ने गर्नुभएको छ । प्रचण्डको यस्तो आरोपलाई सुशीलले खण्डन गर्ने गर्नुभएको छैन र उहाँले विदेशी मित्रहरूको विश्वास आर्जन गर्ने कुनै प्रयास पनि गर्नुभएको छैन । जसका कारण सुशील कोइरालाले विदेशी मित्रहरूको समर्थन र सद्भाव हासिल गर्न सक्नुभएको छैन । अर्कोतर्फ प्रचण्ड आगामी वैशाखमा निर्वाचन गराउन चाहनुहुन्न, वैशाखमा चुनाव भए आफ्नो पार्टीले नराम्रो पराजय भोग्नुपर्ने विश्लेषण प्रचण्डको छ । कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन भएमा उक्त सरकारले जसरी भए पनि वैशाखमा निर्वाचन गराइछाड्ने भन्ने चिन्ता पनि प्रचण्डमा देखिन्छ । आफ्नो साख गिरेको, विश्वसनीयतता घटेको र पार्टी विभाजन पनि भएको हुँदा वैशाखमा चुनाव गराउनु एमाओवादीका लागि दुर्भाग्यपूर्ण हुने प्रचण्डको ठम्याइ छ । सुशील कोइरालालाई अहिले प्रधानमन्त्री बनाउनु भनेकै वैशाखमा चुनाव गराउनु हो भन्ने बुझेकोले प्रचण्ड आगामी वैशाखमा चुनाव हुन नदिन पनि सुशीललाई प्रधानमन्त्री बन्न दिन नहुने ठान्नुहुन्छ । त्यसैले प्रचण्डले सुशील कोइरालालाई सरकारको नेतृत्व नदिने आफ्नो इच्छासँग विदेशी मित्रहरूलाई पनि जोड्नुभएको छ र कुनै पनि हालतमा उहाँलाई प्रधानमन्त्री हुन नदिन दृढसङ्कल्पित हुनुहुन्छ । त्यसैले आगामी माघमा हुने आफ्नो पार्टीको महाधिवेशनसम्म जसरी भए पनि बाबुराम नेतृत्वको सरकारलाई निरन्तरता दिने र त्यसपछि आफैँ प्रधानमन्त्री बन्ने खेल सुरु गर्ने योजनाका साथ प्रचण्ड क्रियाशील हुनुहुन्छ । आफ्नो यस अभियानमा एमाले नेता माधवकुमार नेपालको साथ रहने विश्वास प्रचण्डमा छ । नेपालसँगको वार्तालापका क्रममा प्रचण्डले सहमतीय सरकारको नेतृत्व या त माधव नेपालले गर्नुपर्ने होइन भने आफैँले पाउनुपर्ने धारणा राख्ने गर्नुभएको छ । माधव नेपालले केपी ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दा पनि प्रचण्डले ठाडै अस्वीकार गर्नुभएको बताइन्छ । त्यसैले महाधिवेशनपछि सहमतीय प्रधानमन्त्री बन्न प्रचण्ड आफैैँ सक्रिय हुने सम्भावना छ । कदाचित आफू प्रधानमन्त्री बन्न नसकेमा दमन ढुंगाना या आफूअनुकूलको त्यस्तै कोहीलाई सरकारको नेतृत्व दिने सोच प्रचण्डले बनाउनुभएको छ । त्यसैले सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन हुने सम्भावना टाढिएको छ ।
मैत्रीय सहकारीको पाँचौँ साधारणसभा सम्पन्न
वरिष्ठ अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुर्‍यालले सहकारी संस्थाले गरिबका लागि नभई गरिबसँग बसेर काम गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर बालकोटस्थित मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को पाँचौँ साधारणसभामा प्रमुख अतिथिका रूपमा सम्बोेधन गर्दै प्राध्यापक प्याकुर्‍यालले सहकारी कोषको सञ्चालनका लागि सञ्चालकहरूको तजबिजभन्दा पनि विज्ञहरूको परामर्श लिएर गरे सहकारीको उद्देश्य तथा सहकारी आन्दोलन नै सार्थक हुने धारणा अघिसार्नुभयो । छोटो अवधिमै मैत्रीयले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै उहाँले ऋण लगानीमा विविधताको विधि अवलम्बन गरिनु उदाहरणीय भएको विचार व्यक्त गर्नुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घ भक्तपुरका सचिव हरि बल्ल, एभरेष्ट बैंकका व्यवस्थापक रञ्जन खड्का र नेपाली काङ्ग्रेसका स्थानीय नेता एवम् समाजसेवी उद्धव सिलवाल अतिथि रहेको कार्यक्रममा संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले मैत्रीय सहकारी तथा यसका गतिविधिबारे प्रकाश पार्दै साधारणसभाका सुझाव तथा निर्णयलाई कार्यान्वयन गर्दै संस्थाले प्रवाह गर्ने सेवा, सुविधा र प्रतिफललाई अझ प्रभावकारी र संस्थालाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका सचिव सुमन सिलवालले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेस गर्नुभयो भने कोषाध्यक्ष दिवाकर सिलवालले वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक कारोबार तीन करोड रहेको संस्थामा बचतकर्ता १३ सयजना रहेको र गत आर्थिक वर्षमा संस्थाले ४३ लाख ६ हजार सात सय असी रुपैयाँ कुल आम्दानी गरेको जानकारी दिनुभयो । कान्तिपुर एफएमकी कार्यक्रम प्रस्तोता रुविना श्रेष्ठले सञ्चालन गर्नुभएको वार्षिक साधारणसभा कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गरिनुका साथै मैत्रीय जेष्ठ सदस्य सम्मान समेत प्रदान गरिएको थियो । – नवीन उपे्रती

प्रजातान्त्रिक सेनानी सङ्घको अधिवेशन गैँडाकोटमा हुने
नेपाली काङ्ग्रेसको भ्रातृ संस्था ‘नेपाल प्रजातान्त्रिक सेनानी सङ्घ’को दोस्रो केन्द्रीय महाअधिवेशन नवलपरासीको गैँडाकोटमा आगामी फागुन ७ देखि ९ गतेसम्म हुने भएको छ । यसअघि पहिलो अधिवेशन वीरगञ्जमा भएको थियो ।
टंकप्रसाद शर्मा कँडेलको अध्यक्षतामा नेपाली काङ्ग्रेस कार्यालय बीपीनगर सानेपामा भएको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशनको तयारीका क्रममा ५० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र पुस मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न भइसक्ने बताइएको छ । अधिवेशनका लागि निर्वाचन क्षेत्रबाट तीनजना केन्द्रीय प्रतिनिधिसमेत निर्वाचित भइसकेका छन् । हाल ३५ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान रहेकोमा प्रेमनाथ बस्यालको अध्यक्षतामा सचिव मित्रबहादुर कार्की, केन्द्रीय सदस्यहरू बुद्धिकुमार बतास, बालकृष्ण दाहाल र अध्यक्ष गोविन्दप्रसाद शर्मा कँडेलसमेत रहेको विधान संशोधन समिति गठन भएको छ । सभापतिसमेत रहेका कँडेल अध्यक्षतामा ११ सदस्यीय आर्थिक समिति र बालकृष्ण दाहालको अध्यक्षतामा ११ सदस्यीय प्रचारप्रसार एवम् स्मारिका प्रकाशन समितिसमेत गठन भएको छ ।

बालबालिकाको नाममा खेती गर्नेहरू कँडेलको नियुक्तिबाट किन तर्सिए ?
रामेछापको जिल्लाको टोकरपुरमा जन्मेका मनोजकुमार कँडेल अहिले कानूनी तथा बालबालिकाको क्षेत्रमा सक्रिय रूपमा लागिरहेका छन् । बाल क्लबबाट बालबालिकाको सेवामा प्रवेश गरेका कँडेललाई नेपाल सरकारले केन्द्रीय बालकल्याण समितिको कार्यकारी निर्देशक नियुक्त गरेको छ । स्पष्ट विचार–दृष्टिका साथ ०४८ सालदेखि बालबालिकाको सेवामा लागेका कँडेललाई सरकारले समितिमा नियुक्त गरेपछि बालबालिकाको नाममा खेती गर्नेहरू यतिबेला अत्तालिएका छन् । त्यसैले उनीहरू नियुक्ति रोक्नका लागि सक्रिय भएका छन् । उनीहरू यसरी किन लागे त ? कँडेल भन्छन्, ‘योग्य र सक्ष्ँम व्यक्तिको रूपमा देखेर नै सरकारले समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । तर, यसबीचमा आफूलाई बालअधिकारको क्ष्ँेत्रका काम गर्दै आएको मसिहा ठान्ने संस्था या व्यक्तिहरूको खुराफातका कारणले केही ढिलो भएको देखिन्छ । बालबालिकाको क्षेत्रका राम्रासँगै नराम्रा काम गर्ने व्यक्ति र संस्थाहरू प्रसस्तै छन् । यहाँँ आफूलाई ठूला ठान्ने धेरै व्यक्ति र संस्थाले बालबालिकाको नाममा अनेक खेती गरिरहेका छन्, बालबालिकालाई भजाएर आफ्नो गुजारा चलाइरहेका छन् । त्यस्ता व्यक्तिहरू मेरोविरुद्ध लागिपरेका छन् । उनीहरूबाट भएको गलत कामको विरोध गर्दै आएकाले पनि उनीहरू मविरुद्ध खनिएका हुन् । बालबालिकाको क्ष्ँेत्रका साँच्चिकै काम गर्ने र सक्षम व्यक्ति समितिमा आउन लागेको देखेपछि उनीहरू अतालिएर आफ्नो शक्ति प्रयोग गरिरहेका छन् ।’
आफूले बालबालिकाको क्षेत्रमा रहेर आजसम्म कुनै गलत काम नगरेको दाबी गर्दै कँडेलले धर्मपुत्रपुत्रीको विषयमा कहिल्यै आफू विवादित नबनेको र गैरकानुनी कार्य नगरेको बताए । आफू कानुन व्यवसायीको रूपमा विगत २० वर्षदेखि काम गर्दै आएको र कानुन व्यवसायका क्रममा धर्मपुत्रपुत्रीसम्बन्धी विभिन्न विदेशी व्यक्ति तथा संस्थालाई कानुन व्यवसायीको रूपमा दिएको सेवालाई धर्मपुत्रपुत्रीको कारोबारीको रूपमा देखाउने कपोलकल्पित र व्यक्तिगत पेसाको विरुद्धमा देखिने समाचार प्रकाशित गरिएको उनको कथन छ । कुनै पनि मुद्दा हेर्नु र त्यसको वकालत गर्नु भनेको त्यसैमा सहभागी हुनु नभएको तर्क उनले गरे ।
बाल क्लब, बालगृह, महासङ्घ हुँदै यस क्षेत्रमा रहेको विगत १५ वर्षदेखिको अनुभव र मानवअधिकारमा नै कानुनमा स्नातकसमेत गरेको क्षमताबाट तर्सिएर आफ्नो मनोमानी र एकलौटी चलखेल रोकिने डरले विरोधमा आधारहीन कुरा गरी त्यसलाई पत्रपत्रिकामार्फत प्रकाशित गरेको उनको भनाइ छ । दाजु–बहिनीको सम्बन्धलाई पनि गलत अर्थमा लिने र त्यसलाई समाचार बनाउने गलत र गैरजिम्मेवार काम गरिएको छ । ‘मैले जीवनमा गर्दै नगरेको र हु‘दै नभएको कुरालाई घटनाक्रमको रूपमा आधारहीन कथाहरू प्रस्तुत गरेर समाचार बनाएर आफ्नो स्वार्थ पूरा गर्ने काम भएको छ । यसले मेरो सामाजिक तथा व्यक्तिगत जीवनमा निकै ठूलो असर गरेको छ,’ उनले भने ।
समितिमा नियुक्त लिनका लागि आर्थिक चलखेल गरेको आरोपसमेत लगाइएको विषयमा उनले भने, ‘मैले आजसम्म कुनै आर्थिक चलखेल गरेको छैन र कसैलाई भेटेको पनि छैन, काल्पनिक कथाप्रति मेरो गम्भीर आपत्ति छ ।’ आफू सगरमाथा बालगृहको संस्थापक अध्यक्ष भएको र दुई वर्षसम्म त्यसै संस्थामा कार्यरत रहेको जानकारी गराउँदै २०६२ सालदेखि आफू सगरमाथा बालगृहको कुनै पनि जिम्मेदारीमा नरहेको उनले जानकारी दिए । ‘आमा नेपाल भन्ने संस्थाको म हालसम्म कुनै पनि जिम्मेदारीमा छैन । मलाई जानकारी भएसम्म सगरमाथा बालगृह र आमा नेपाल भन्ने संस्थाले कुनै पनि गैरकानुनी कार्य गरेको छैन ।’
बालबालिका बेचेको भन्ने आरोपबारे प्रस्ट पार्दै उनले भने, ‘यो सरासर गलत, झुट र आपत्तिजनक कुरा हो । बालअधिकार महासन्धिले नै धर्मपुत्रपुत्रीलाई बालअधिकारको रूपमा व्याख्या गरेको छ । सरकारले बनाएको कानुनअनुसार नेपाल सरकारले नै निर्णय गरेर अनाथ तथा टुहुरा बालबालिकालाई धर्मपुत्रपुत्रीको रूपमा दिने कुरा हो । यसमा न कुनै व्यक्ति कारबाहीमा पर्न सक्छ न कुनै संस्था । यो राज्यले गरेको प्रक्रिया हो । राज्यले गरेको कामलाई व्यक्तिले गरेको भन्दै अनर्गल प्रचार गर्नु गलत कुरा हो । आफू बालबालिकाकै सेवामा सक्रिय रहेको र अहिले पनि त्यसै क्षेत्रमा सक्रिय रहेको जानकारी गराउँदै उनले भने, ‘बालबालिकाको निमित्त गैरसरकारी संस्था महासंघको महासचिव छु भने केन्द्रीय बाल कल्याण समितिको बालगृह निरीक्षण उच्चस्तरीय कार्यदलको सदस्य, केन्द्रीय बाल कल्याण समितिको नै सडक बालबालिका व्यवस्थापन अध्ययन समिति र बालबालिकासम्बन्धी सङ्घ–संस्था दर्ता प्रक्रिया व्यवस्थापन गर्ने कार्यदलको समेत सदस्य रहेर कार्यरत छु । त्यसैले मलाई सरकारले समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।’
केन्द्रीय बालकल्याण समितिको माध्यमबाट बालबालिकाको क्षेत्रमा नमुना काम गर्ने उनको अठोट छ । उनले भने, ‘अहिले बालबालिकाको क्ष्ँेत्रमा काम गर्ने केही व्यक्ति तथा संस्थाहरू बालबालिकाको हितमा भन्दा पनि आफ्नो हितमा वकालत गरिरहेका छन् । उदारणका लागि सडक बालबालिकालाई लिन सकिन्छ । उनले थपे, ‘केही संस्थाहरूले सडकमा बालबालिकालाई सडकमै राखेर खाना खुवाउने, लत्ताकपडा दिने र सडकमै राख्ने काम गरेका छन् । मेरो पहिलो काम त्यो रोक्ने र एक वर्षभित्र सडकबाट सबै बालबालिकालाई बासको व्यवस्था गराउने हुनेछ । बालगृहरूको अवस्थामा सुधार ल्याउनेछु । म बालबालिकाको क्षेत्रका निकै तल्लो निकायबाट काम गर्र्दै यहाँसम्म आइपुगेको व्यक्ति भएकाले यसबारे मलाई राम्रो ज्ञान छ । समस्यालाई सही रूपमा पहिचान गरेको छु र तिनका समाधानका उपायहरू पनि छन् । सिद्धान्तका कुराभन्दा पनि व्यावहारिक कुरा छन् मसँग । तीनको प्रयोग गर्नेछु र बालअधिकारका क्ष्ँेत्रमा नाटकीय सुधार ल्याउनुका साथै बालअधिकारका नाममा हुने गलत धन्दालाई पूर्ण रूपमा बन्द गर्ने अठोट लिएको छु ।’ – हेमराज लम्साल